Japan hands over model solar project to Nepal

    1346
    Sundarighat Solar Plant from Google Earth
    Sundarighat Solar Plant from Google Earth

    KATHMANDU: The Embassy of Japan on Friday handed over the multimillion rupee solar project—the first and model project constructed in Nepal under Japan’s special Grant Aid for Environment and Climate Change—to the government of Nepal.

    Japan International Cooperation Agency (JICA) funded the Project for the Introduction of Clean Energy by Solar Electricity Generation System which aims to demonstrate how renewable energy can add up electric power to the national grid.

    Secretary of Ministry of Urban Development Kishore Thapa and Ambassador of Japan to Nepal Kunio Takahashi jointly inaugurated the system amid a programme today. On the occasion, Ambassador Takahashi handed over the keys of the system to Secretary Thapa.

    The total cost of the project is Japanese Yen 660 million (approximately Rs 662.65).

    “The solar project is the first of its kind in Nepal that produces 680.4 KW of solar energy under Photovoltaic (PV) generation system at the existing open pond of Dhobighat and connects to water treatment supply facility at Sundarighat, Kathmandu,” JICA said in a statement. The PV system uses solar panels to convert sunlight into electricity.

    JICA informed that the solar plant came into operation after a successful commissioning test on June, 2012. The electricity generated by the plant is being supplied to the nearby Sundarighat Water Treatment Plant of KUKL and the surplus energy is transferred to the grid distribution network of Nepal Electricity Authority.

    The Power Purchase Agreement (PPA) was signed last September between Kathmandu Valley Water Supply Management Board, which is responsible to execute the project, and NEA at the rate of Rs. 5.10 per unit.

    Source : The Himalayan Times

    ——————————————————————————————————————————————————————–

    स्वच्छ ऊर्जा नमुना आयोजना – सौर्य विद्युत् आयोजना केयूकेललाई हस्तान्तरण

     

    काठमाडौं, २८ पुस – स्वच्छ ऊर्जाको नमुना आयोजनाका रूपमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण भएकोे ६ सय ८० किलोवाट क्षमताको सौर्य विद्युत् आयोजना काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई हस्तान्तरण गरिएको छ । यो आयोजना जापान सरकारबाट नेपाललाई अनुदानस्वरूप प्राप्त भएको हो ।
    जापानी राजदूत कुनियो ताकाहासी र सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले शुक्रबार संयुक्त रूपमा यो आयोजनाको उद्घाटन गरेका हुन् । उद्घाटनकै क्रममा राजदूत ताकाहासीले सचिव थापालाई आयोजनाको साँचो हस्तान्तरण गरेका छन् ।
    “नेपाली जनताको खुसीका लागि जापानी जनताले आफ्नो आयबाट राजस्व तिरी यो आयोजना बनाइदिएका हुन्,” आयोजनाको उद्घाटन कार्यक्रममा राजदूत ताकाहासीले भने, “त्यसैले यो आयोजनाको ठूलो महत्व छ ।” दिगो ऊर्जा उत्पादनमा यो आयोजना नमुना भएको ताकाहासीले बताए । सहरी विकास मन्त्रालयका सचिव थापाले यस्ता आयोजना अन्य स्थानमा पनि बनाउन जापान सरकारसँग आग्रह गरे ।
    झन्डै ५४ करोड रुपैयाँ अनुदानमा जाइकाले स्वच्छ उर्जा उत्पादन योजनाअन्र्तगत ललितपुरको धोबीघाटमा यो आयोजना बनाएको हो । सोलार प्रविधिबाट बिजुली निकाल्ने यो आयोजना नेपालको सौर्य ऊर्जा उत्पादन गर्ने सबैभन्दा ठूलो आयोजना हो । यसअघि नेपाल विद्युत् प्राधिकरणले हुम्ला र गमगढीमा ५० र ५० किलोवाट क्षमताका सौर्य विद्युत् उत्पादन आयोजना बनाएको थियो ।
    आयोजनास्थलमा आधाभन्दा बढी जग्गा खाली रहेको र अरू जग्गासमेत रहेकाले प्रभाव हेरेर यो आयोजना विस्तार गर्न सकिने जाइकाले जनाएको छ । २७ वटा लाइनमा प्रतिलाइन १ सय २० प्यानलका दरले ३ हजार २ सय ४० प्यानल जडान गरिएको छ । एउटा सोलार प्यानलको क्षमता २ सय १० वाट रहेको र सबै जोड्दा ६ सय ८० किलोवाट उत्पादन गरिएको हो । तीन मिटर अग्लो ९ सय १८ वटा पिलरमा सोलार प्लानल जडान गरिएको छ ।
    यद्यपि आयोजनाको लागत भने जलविद्युत् उत्पादनको तुलनामा चार गुणा महँगो देखिएको छ । प्रतिकिलोवाट जलविद्युत् उत्पादनमा १ लाख ५० हजार आवश्यक पर्नेमा यो आयोजनाबाट उत्पादित प्रतिकिलोवाट विद्युतको लागत ५ लाख ७० हजार रुपैयाँ छ ।
    आयोजनाबाट उत्पादन भएको विद्युत् पानी उत्पादन र प्रशोधन कार्यमा प्रयोग गरी खानेपानी वितरण सेवालाई सहज बनाइएको केयूकेएलले जनाएको छ । उत्पादित विद्युत्को केही अंश सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्रमा र बाँकी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जडान गरिएको छ । आयोजना निर्माण गर्न दुई वर्षअघि जाइका र अर्थमन्त्रालयबीच सम्झौता भएको थियो भने तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयसँग सम्झौता गरी केयूकेएलसँग मिलेर यो प्रणाली निर्माण गरिएको हो । काठमाडौं उपत्यकामा लोडसेडिङको समयमा पानी आपूर्तिमा हुने समस्या समाधान गर्ने गरी यो प्रविधि निर्माण गरिदिएको जाइकाले जनाएको छ । जाइकाले परीक्षणका रूपमा यो प्रविधि नेपालमा सुरु गरेको जनाएको छ ।
    अबउप्रान्त यो आयोजनाको जिम्मा केयूकेएल व्यवस्थापन बोर्ड र कार्यान्वयनको जिम्मा केयूकेएललाई दिइएको छ । आयोजनाको जग्गा दक्षिणतर्फ फर्केको र खुला भएकाले घाम लागेको समयमा क्षमताअनुसार पूरै बिजुली उत्पादन हुन सक्ने बताइएको छ । वातावरणीय हिसाबले पनि यो आयोजनालाई महत्व दिइएको छ । सौर्य प्रविधिबाट विद्युत् उत्पादन हुँदा वातावरणमा कुनै प्रतिकूल प्रभाव पर्दैन ।

    प्रस्तुति: कारोबार