कालिका पावरको आइपीओ बाँडफाँट,१ लाख १३ हजार १७७ जनाको हातमा १० कित्ता

    1127

     काठमाडौं – कालिका पावरको साधारण शेयर (आइपिओ) बुधबार आइपीओ बाँडफाँट भएको छ । यो आइपीओमा गोलाप्रथामार्फत १ लाख १३ हजार १७७ जना लगानीकर्तालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरिएको छ ।

    कालिकाको आइपीओमा कुल ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसमध्ये १८ हजार ७८० कित्ता सेयरका लागि दिएको आवेदन रद्द भएको छ ।
     
    कालिकाले भदौ २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । तर कर्मचारीलाई छुट्याएइएको सेयरमध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछि सर्वसाधारणलाई नै थप गरी बाँडफाँट गरिएको छ ।

     

    स्रोत: अर्थ संसार