ऊर्जा मन्त्रीले ल्याए ः हरेक नेपालीलाई विद्युतको शेयरधनी बनाउने कार्यक्रम

    1525

    उर्जा जलस्रोत तथा सिचाँइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र   (श्वेतपत्र)

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनलेजलविद्युतमार्फत हरेक घर–घरमा आर्थिक समृद्धि ल्याउने भन्दै ‘नेपालकोपानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ कार्यक्रम ल्याएका
    छन् ।
    ऊर्जा, जलस्रोत तथा सिंचाइको क्षेत्रको वर्तमान अवस्ता र भावी मार्गचित्र(श्वेतपत्र) मंगलबार सार्वजनिक गर्दै मन्त्री पुनले यस कार्यक्रमलाई अभियानकोरुपमा सञ्चालन गरिने बताए । उनले भने,‘हिमाल, पहाड, तराई–मधेसका हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धि मार्फत राष्ट्रिय एकता सुदृढ् गर्न ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयर धनी’ कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिनेछ ।’ अपर अरुण (७२५ मेगावाट), अरुण–४ (४०० मेगावाट), तल्लो अरुण (४०० मेगावाट), किमाथाङ्का अरुण (५०० मेगावाट), भेरी बबई डाईभर्सन (४८ मेगावाट), फुकोट कर्णाली (५०० मेगावाट) र तामाकोशी–५ (१०१ मेगावाट) जस्ता आकर्षक र नाफामुलक जलविद्युत आयोजनाहरु यसै अभियान अन्तर्गत सञ्चालन गरिने उनले बताए ।
    ‘वैदेशिक रोजगारीमा गएकाहरुलाई सम्बन्धित देशबाटै शेयर आवेदन दिने व्यवस्था गरिनेछ । तत्कालै  लगानी गर्न नसक्ने लक्षित तथा विपन्न वर्गलाई हुने गरी विशेष व्यवस्था अपनाइने छ ’,उनले भने ।
    एक प्रदेश, प्रदेश एक मेगा प्रोजेक्ट
    मन्त्री पुनले हरेक प्रदेशमा कम्तिमा पनि एयटा ठूलो जलविद्युत÷सौर्य आयोजनाको निर्माण सुरु गर्ने बताएका छन् । कुनै पनि जलविद्युत आयोजना नरहेको दुई नम्बर प्रदेशमा २०० मेगावाटको सौर्य विद्युत आयोजना स्थापना गरिने उनले बताए । तमोर जलाशय (७६२ मेगावाट), दुधकोशी जलाशय (८०० मेगावाट) र  अपर अरुण पिकिङ रन अफ द रिभर (७२५ मेगावाट), किमाथाङ्का अरुण पिकिङ रन अफ द रिभर (४५० मेगावाट), अरुण–४ पिकिङ रन अफ द रिभर (३७२ मेगावाट), तल्लो अरुण पिकिङ रन अफ द रिभर (६७९ मेगावाट) आयोजना प्रदेश नम्बर एकमा निर्माण गरिने छ ।
    प्रदेश ३मा सुनकोशी २ र ३ जलाशययुक्त (१११० मेगावाट र  ५३६ मेगावाट), तामाकोशी–५ पिकिङ रन अफ द रिभर (१०१ मेगावाट), खिम्ती शिवालय जलाशयुक्त (५०० मेगावाट), कोखाजोर जलाशययुक्त आयोजना (१११ मेगावाट) निर्माण गरिने छ
    प्रदेश ४मा बुढीगण्डकी जलाशययुक्त (१२०० मेगावाट), अपर सेती जलाशययुक्त (१४० मेगावाट), उत्तरगंगा जलाशययुक्त (८२८ मेगावाट), आँधीखोला जलाशययुक्त (१८० मेगावाट) निर्माण गरिने पुनले बताए ।
    नौमुरे जलाशययुक्त (२४५ मेगावाट), काली गण्डकी २ जलाशयुक्त (८७० मेगावाट), माडी जलाशयुक्त आयोजना (२५३ मेगावाट) र अपर झिम्रुक जलाशययुक्त आयोजना (१०० मेगावाट) आयोजना ५ नम्बर प्रदेशमा निर्माण गरिने छ । कर्णाली प्रदेशमा नलगाड जलाशययुक्त (४१० मेगावाट) र फुकोट कर्णाली पिकिङ रन अफ द रिभर (४२६ मेगावाट), जगदुल्ला पिकिङ रन अफ द रिभर (१०० मेगावाट) निर्माण गरिने छ ।यैगरी प्रदेश नम्बर ७मा पश्चिम सेती जलाशययुक्त (७५० मेगावाट) र एस.आर.–६ जलविद्युत आयोजना (२७६ मेगावाट) र चैनपुर सेती पिकिङ रन अफ द रिभर (२१० मेगावाट) निर्माण गरिने छ ।
    ‘प्रदेश सरकार एवम्् स्थानीय तहको समेत शेयर रहने गरी हरेक प्रदेशबाट कम्तीमा एउटा मझौला क्षमताको आकर्षक जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाईनेछ ।’,पुनले भने ।
    विद्युत प्रणालीको सञ्चालनमा सहजता ल्याउन बेगनास–रुपा पम्प स्टोरेज जलविद्युत आयोजनालाई नमूना आयोजनाका रुपमा विकास गरिने भएको छ । ‘हरेक घर, उर्जा घर’ को अवधारणा अन्तर्गत उर्जा दक्षता कार्यक्रम र घर घरमा राखिने रुफ टप सौर्य उर्जालाई नेट मिटरिङ्ग तथा नेट पेमेण्टका आधारमा ग्रीडमा जोड्ने कार्यक्रमलाई अभियानको रुपमा अघि बढाईने छ ।
    यस्तो छ ऊर्जा संमिश्रण

    ऊर्जा मन्त्रालयले ऊर्जा समिश्रणलाई पनि संसोधन गर्ने भएको छ । दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५,००० मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन समिश्रण का लागि जलाशययुक्त तथा पम्प स्टोरेजः ३०–३५ प्रतिशत, पिकिङ रन अफ द रिभरः २५–३० प्रतिशत, रन अफ द रिभरः ३०–३५ प्रतिशत र अन्य वैकल्पिक श्रोतः ५–१० प्रतिशत बमोजिमको अनुपात कायम गरी टेक अर पे सिद्धान्तको आधारमा विद्युत खरिद संझौता गर्नेव्यवस्था मिलाईनेछ ।

    Download – White Paper 2075