इनर्जी इफिसेन्सीमा जोड

1734

कार्तिक १८, २०७६

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले इनर्जी इफिसेन्सीको क्षेत्रमा काम गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

आइतबार ललितपुरमा आयोजित सरोकारवाला निकायहरुसँगको छलफलमा निर्देशक घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि बढाउन प्राधिकरणले इनर्जी इफिसेन्सीमा जोड दिएको भन्दै त्यसका लागि आवश्यक पूर्वाधारको विकासको आवश्यक रहेको बताए । इनर्जी इफिसेन्सी विद्युत् क्षेत्रमा अत्यावश्यक भएको भन्दै यस वर्षदेखि ग्रेडमा पर्ने बताए । उनले विद्युत् प्राधिकरणको कार्यमा जरुरी रहेकोले निजी क्षेत्रले समेत इनर्जी इफिसेन्सीको क्षेत्रमा नेपाल विद्युत प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने बताए ।

प्राधिकरणले विद्युतको माग र आपूर्तिलाई सहज बनाउन इनर्जी इफिसेन्सीको क्षेत्रमा काम गरिरहेको उउनले बताए । कार्यकारी निर्देशक घिसिङले ३ वर्षभित्र देशभर विद्युत् पु-याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई साकार पार्न पनि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र प्राधिकरणबीच मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए ।

 

स्रोत:कारोबार