ढल्केवर सवस्टेशन प्रधानमन्त्री द्वारा उद्घाटन गरिने

2067

माघ १९, २०७७

ढल्केबर: नेपालमा विद्युत उत्पादनको एक शताव्दी भन्दा पुरानो इतिहासमा आज प्रथम पटक ४०० के.भी. सवस्टेशन निर्माण सम्पन्न भई ढल्केवर (मुजफ्फरपुर लाइन सहित ४०० के.भी) मा सञ्चालनमा आउने भएको छ ।
नेपालसरकारको राष्ट्रिय बिद्युत विकास दशक कार्यक्रम अन्तर्गत निर्माण भएको सो.सबस्टेशन जीआईएस प्रबिधिमा आधारित स्वचालित सबस्टेशन हो । यो शबस्टेशनको केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश नं २ को धनुषा जिल्ला मिथिला नगरपालिका वडा न७ मा अवस्थित ढल्केबर अयोजनामा ३१५ एमभीए क्षमताका तीन थान ४०० र २२० के.भी.ट्रान्सफरमरहरु तथा ८० एकमीए.क्षमता भएको एकथान ४००के.भी.रियाक्टर जडित यस४०० के.भी.सबस्टेशनबाट करिब ९०० मेगावाट विद्युत ४०० के.भी. र २२० के.भी. मा आदानप्रदान गर्न सकिन्छ ।

ढल्केबर मुजफ्फरपुर ४०० के. भी. प्रसारण लाइन मार्फत भारतसंग करिब एह हजार मेगावाट सम्मविद्युत आदानप्रदान गर्न सकिन्छ भने हेटौडादेखि इनरुवासम्म बन्दै गरेको४०० केभी प्रसारण लाईनको निर्माण पछि करीब दुई हजार मेगावाटसम्मको विद्युत हेटौडा तर्फ २००० मेगावाटसम्मको विद्युत इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तैयार हुनेछ ।  

 

स्रोत:गोर्खापत्र