Jan 1, 2019, Kathmandu
काठमाडौं। बुटवल पावर कम्पनीले मर्स्याङ्दी २ जलविद्युत आयोजना निर्माण गर्ने हिमाताल हाइड्रोपावरको शेयर खरीद गरेको छ।
कम्पनीले १९.४ प्रतिशत शेयर खरिद गरेको हो। कम्पनीले हिमतालको नाममा भएको ६ लाख एक हजार कित्ता शेयर खरिद गरेको छ।
कम्पनीले गत बैशाख २३ गते मर्स्याङ्दी २ हाइड्रोपावर निर्माणको लागि हिमताल हाइड्रोपावरको शेयर खरिद गर्ने सझौता गरेको थियो। सोमबारबाटै कम्पनीले उक्त शेयर आफ्नो स्वामित्तवमा ल्याएको हो।
Bizmandu