३१० मेगावाटको मात्रै ‘टेक अर पे’मा पीपीए

    1168
    काठमाडौं÷नेपाल विद्युत प्राधिकरणले अब ३१० मेगावाटको मात्रै ‘टेक अर पे’ सर्तमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने भएको छ । ऊर्जा उत्पादन मिश्रण अनुसार ‘रन अफ दी रिभर’ आयोजनको सीमा पुगेको भन्दै प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
    ‘नेपाल सरकारले तोकेको माथिल्लो सीमा ३० प्रतिशतले हुने तीन हजार मेगावाट नपुगेसम्म अर्थात आरओआर जलविद्युत आयोजनाको थप कूल क्षमता ३१०.१५९ मेगावाटभन्दा बढी नहुने गरी पीपीए हुने क्रममा रहेका आयोजनास“ग टेक अर पे प्रावधान राखी पीपीए गर्ने’, प्राधिकरण सञ्चालक समितिको निर्णयमा उल्लेख छ । सरकारले दस वर्षमा दस हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य सहित ‘राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धित अवधारणपत्र तथा कार्ययोजना ०७२’ मार्फत ऊर्जा मिश्रण तोकेको थियो ।
    आर्थिक वर्ष ०८२÷८३ भित्र व्यापारिक उत्पादन शुरु गरिसक्ने  आयोजनाबाट आयोजनाबाट उत्पादित ऊर्जा प्रस्तावित उत्पादन मिश्रणको परिधिभित्र रही ‘टेक अर पे’आधारमा खरिद हुने व्यवस्था मिलाइने अवधारणमा  व्यवस्था छ । दीर्घकालिन रुपमा नेपालकै उत्पादनबाट लोडसेडिङ अन्त्य गर्ने उद्देश्यले जल्विद्युत् आयोजनाको प्रकार अनुसार आयोजनाको उत्पादन मिश्रण तय गरिने कार्ययोजनामा व्यवस्था  छ । उत्पादन मिश्रणमा  जलाशययुक्त तथा पम्प स्टोरेज ४०–५० प्रतिशत, पिकिंग रन अफ द रिभर १५–२० प्रतिशत,   रन अफ द रिभर २५–३० प्रतिशत  र अन्य वैकल्पिक स्रोतबाट ५–१० प्रतिशत रहने छ ।
    यस्तो व्यवस्था ‘टेक एण्ड पे’ प्रावधान राखी पिपिए भइसकेका भईसकेका वा हुने क्रममा रहेका आयोजनामा समेत लागु हुने व्यवस्था गरिएको छ । यसलाई कार्यान्वयन गर्न प्राधिकरणले अहिले  ‘टेक एण्ड पे’ सर्त राखी पीपीए गरिएका आयोजनास“ग ‘टेक अर पे’ सर्त राखी धमाधम पीपीए संसोधन गरिरहेको छ । यस्ता आयोजनाको संख्या ३९ छ ।
    स्रोत : नेपाल एनेर्गी फोरम