९ सय ९६ किलोवाट विद्युत् निकालिने

    2392

    dhankutaधनकुटा जेठ १२ । धनकुटाको तेलिया गाविस वडानम्वर –७ स्थित तेलिया खोलाबाट ९ सय ९६ किलोवाट विद्युत् उत्पादन हुने भएको छ । १८ करोड रुपैयाँको लागतमा आउँदो १६ महिना भीत्र बिद्युत उत्पादन थाल्ने लक्ष्य राखिएको भोल्क्यानो हाइड्रोपावर कम्पनीका अध्यक्ष लक्ष्मण सुब्बाले जानकारी दिए । आयोजनामा पाँचजना साझेदारले लगानी गरेका छन ।

    जलाशय यूक्त आयोजनाको सर्वेक्षण पुरा भई पहुँचमार्ग निर्माणको काम अहि बढी सकेको छ । भोल्क्यानो हाइड्रोपावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच उत्पादित ९ सय ९६ किलोवाट बिजुली खरिद बिक्रिका लागी ३० बर्षे संझौता सकिएको छ । उत्पादित बिजुली हिले स्थीत राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ ।

    आयोजना संचालनमा आएपछि धनकुटाको लोडसेडिङ्ग आधा घट्ने बताइएको छ । धनकुटाको भीरगाउँ र मारेककटहरे गाविसमा रहेका २ सय ४० र ४० किलोवाट क्षमताका सरकारी र नीजी स्वामित्वका दुई छुट्टाछुट्टै विद्युत आयोजना लामो समयदेखि बन्द छन् ।