७३ मेगावाट बिजुली उत्पादन बन्द, मर्मत जारी रहेको विद्युत प्राधिकरणको भनाई

    1612

    काठमाडौं । प्राविधिक समस्याले गर्दा ७३ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । चिलिमे, मैलुङखोला, कुलेखानीको १ र २ आयोजनाको दुई विद्युतगृहबाट बिजुली उत्पादन बन्द भएको हो ।

    चिलिमे–त्रिशुली ६६ केभी प्रसारणलाइन आइतबार अपरान्ह १ बजेर ५० मिनेट जादा तार चुँडिएपछि चिलिमेको २२ र मैलुङखोलाको ५ गरी २७ मेगावाट बिजुजी बिद्युत प्रवाह बन्द भएको छ ।

    आइतबारदेखि कुलेखानी दोश्रो जलासययुक्त बिद्युतगृहको दोश्रो युनिटको जेनेरेटरको आर फेजमा इन्सुलेसन रेजिस्ट्यान्स अत्यन्त कम भै रोटरमा नै समस्या भएको देखिन आएपछि मर्मतको अवस्थामा रहेको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।

    कुलेखानी दोस्रोको १६ मेगावाट र कास्केड बिद्युतगृह भएकाले त्यसका कारण कुलेखानी पहिलोको एउटा युनिट ३० मेगावाट गरी ४६ मेगावाट उत्पादन हुन नसक्ने अवस्थामा पुगेको उनले जानकारी दिए ।काठमाडौंबाट आईतबार प्रस्थान गरेको प्राबिधिक टोलीलाई केही स्थानीयबासिन्दाका अबरोधका कारण मर्मत कार्य गर्न बिलम्ब भएको उनको भनाई छ ।

    यस्तै मोदी–लेखनाथ–पोखरा १३२ केभी प्रसारणलाइन टावर मर्मतका लागि बन्द अवस्थामा छ । टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारणलाइन नियमित मर्मत सम्भारका लागि बन्द अवस्थामा रहेको उनले जानकारी दिए ।
    ७३ मेगावाट बिजुली प्रणाली बाहिर भएपछि लो भोल्टेजले गर्दा कुनै ठाउँमा बिद्युत सेवा अवरोध भएको छ ।

    -विकासन्युज