हेवाखोला ‘ए’ जलविद्युत् आयोजना बनाउन ११ बैंकहरूले पाँचथर पावर कम्पनीलाई १ अर्ब ६७ करोड रुपैयाँ कर्जा

    2735

    काठमाडौं, १६ भदौ – हेवाखोला ‘ए’ जलविद्युत् आयोजना बनाउन ११ बैंकहरूले पाँचथर पावर कम्पनीलाई १ अर्ब ६७ करोड रुपैयाँ कर्जा दिने सम्झौता गरेका छन् । प्रवद्र्धक पाँचथर पावर र लिड बैंकको तर्फबाट सानिमा बैंकबीच शुक्रबार कर्जा सम्झौता भएको छ । १५ मेगावाट क्षमताको यो आयोजना बनाउन २ अर्ब २५ करोड रुपैयाँ लाग्ने छ । बाँकी ५८ करोड रुपैयाँ प्रवद्र्धकले लगानी गर्ने छन् । आयोजनाबाट वार्षिक ८ करोड २१ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ ।

    आयोजनामा सानिमा बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, कमर्ज एन्ड ट्रस्ट बैंक, एनबी बैंक, माछापुच्छे« बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक, एस डेभलपमेन्ट बैंक र एनडीईपी डेभलपमेन्ट बैंकले लगानी गर्ने छन् ।
    लगानी जुटिसकेकाले अब आयोजनाको निर्माण अघि बढ्ने कम्पनीका प्रबन्ध निर्देशक पुष्प ज्योतिले बताए । उनले ०७१ सालको चैतसम्ममा आयोजना सम्पन्न भई विद्युत् उत्पादन सुरु हुने जानकारी दिए । कम्पनीले विद्युत् उत्पादको लाइसेन्सका लागि ऊर्जा मन्त्रालयमा आवेदन दिइसकेको छ ।
    ज्योतिका अनुसार नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीले पीपीए गरिसकेको छ । यस्तै कम्पनीले स्थानीय बासिन्दालाई ५ करोड रुपैयाँबराबर सेयर लगानी गर्न दिनेछ । आयोजनाको प्रतिफल १६ प्रतिशत रहेको उनले बताए ।
    आयोजनास्थलसम्म पुग्न पहुँच सडक निर्माण पूरा भई जग्गा खरिदसमेत गरेको उनले बताए । आयोजना पाँचथर जिल्लामा पर्छ ।
    सरकारले हालसम्म ८३ लगानीकर्तालाई १ हजार ८ सय ६५ मेगावाट बिजुली उत्पादनको लाइसेन्स दिइसकेको छ । स्वदेशी र विदेशी गरी ५१ लगानीकर्ताले ३ हजार ४ सय ४२ मेगावाट विद्युत् उत्पादनका लागि आवेदन दिएका छन् । यस्तै विद्युत् प्राधिकरणले पनि १ सय ८ आयोजनाबाट १ हजार ५ सय ९० मेगावाट विद्युत् खरिद सम्झौता गरिसकेको छ । पीपीए भएका सबै आयोजना आगामी २०७४ सम्म निर्माण सक्ने प्रतिबद्धता लगानीकर्ताले जनाएका छन् ।
    २ सय १० मेगावाट क्षमताका ६ विद्युत् आयोजना पीपीएको तयारीमा छन् भने ३ हजार मेगावाटबराबरका आयोजनाले विद्युत् उत्पादनको आवेदन दिएका छ ।
    विद्युत् प्राधिकरणका अनुसार पाँच वर्षपछि विद्युत् उत्पादन बढेर २ हजार १ सय ६० मेगावाट पुग्नेछ । अवरोध नआए आगामी सन् २०७४ सम्म विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी लगानीबाट निर्माणाधीन र निर्माणको चरणमा जाने सबै आयोजना निर्धारित समयमा बन्नेछन् । विद्युत् प्राधिकरण र आफूअन्तर्गतका सहायक कम्पनीबाट मात्रै ८ सय ६२ मेगावाट र निजी क्षेत्रबाट ४ सय ४५ मेगावाट विद्युत् उत्पादन थप हुनेछ ।

    ———————————————————————————————————————————————————————-

    Eleven banks under the leadership of Sanima Bank Limited have agreed to provide financial assistance to Hewa River ‘A’ hydropower project initiated by the Panchthat Power Company. In a statement, Sanima said the 14.9MW project is likely to cost Rs 2.16 billion. Of the total amount, the banks will invest 75 percent, while promoters would bear the rest. Other banks are Nepal Investment Bank, Nepal Bank, Commerz and Trust, NCC, Nepal SBI, Machhapuchre, Civil Bank, Ace Development Bank and NDEP.