हेटौँडा–कुलेखानी–स्युचाटार १३२ केभी प्रसारणलाइन भोलिदेखि सञ्चालनमा आउने

    1809

    काठमाडौं । हेटौँडा–कुलेखानी–स्युचाटार १३२ केभी क्षमताको प्रसारणलाइन भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
    यो प्रसारणलाइनबाट काठमाडौँमा बढी भएको बिजुली हेटौँडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ ।

    विद्युत् प्राधिकरणले १३२ केभी प्रसारणलाइनको क्षमता बढाएको हो । मौसमले साथ दिए भोलि (शनिबार) नै लाइनको परीक्षण गर्ने आयोजना प्रमुख केदार सिलवालले बताए । यो प्रसारणलाइनबाट २ सय मेगावट बिजुली प्रवाह हुनेछ ।

    गत पुस १९ गते हेटौँडादेखि राजधानीको मातातीर्थसम्म परीक्षण भइसकेको छ । बीचमा घरहरू रहेकाले भत्काएर सो प्रसारणलाइन सञ्चालनमा आएको छ । यो प्रसारणलाइन कुलेखानी दोस्रो आयोजनाबाट उत्पादन हुने बिजुली राजधानीमा आपूर्ति गर्न ०४३ सालमा निर्माण भएको थियो ।

    वरको एकतर्फमात्र तार राखेर सञ्चालनमा ल्याइएको सो लाइनबाट बढीमा १ सय मेगावाटसम्म बिजुली प्रवाह हुँदै आएकोमा अब अर्कोतर्फ पनि तार जडान गरेर क्षमता दोब्बर बनाइएको छ । सो लाइनबाट २ सय मेगावाटसम्म बिजुली आदनप्रदान हुनेछ ।
    यो लाइन सञ्चालन भएपछि राजधानीमा थप बिजली आपूर्ति गर्न र बढी भएको बिजुली बाहिर पठाउन सहज हुनेछ ।

    यस्तै, राजधानी जोड्ने खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइन पनि सञ्चालनमा आएको छ । यो लाइनबाट खिम्तीबाट तराईमा बिजुली प्रवाह भएको छ । प्रसारणलाइन सञ्चालनमा आएपछि तराईका वीरगन्जलगायत अन्य सहरमा देखिएको भोल्टेजको समस्या समाधान भएको छ ।

    स्रोत:बाह्रखरी