साढे ४ मेगावाटको विजयपुर–२ निर्माण सुरु

    1523

    वैशाख ९, २०७४- विजयपुर खोलाको पानीबाट साढे ४ मेगावाट बिजुली निकालिने भएको छ । सिभिल हाइड्रोपावर प्रालिले विजयपुर–२ आयोजना १८ महिनामा सक्ने गरी निर्माण सुरु गरेको हो ।

    पोखरा–लेखनाथ महानगरको १४ र २६ नम्बर वडाको बीचमा पर्ने खोलाको सक्नेरीमा काम थालिएको सञ्चालक वसन्तमोहन भट्टराईले बताए । उनका अनुसार आयोजनाका लागि बाँध बनाउनु पर्दैन । यसअघि सञ्चालनमा आइसकेको विजयपुर–१ को विद्युत् गृहबाट निस्कने पानीलाई २४ सय मिटर तल अर्को विद्युत् गृहमा पुर्‍याई बिजुली निकालिने छ ।

    आयोजनाको लागत ९५ करोड रुपैयाँमध्ये कुमारी र जनता बैंकले ६६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । दुवै बैंकसमक्ष बिहीबार वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । आयोजनामा नौ जना सञ्चालक छन् । आयोजनाको गत पुस १२ मा विद्युत् खरिद सम्झौता भएको थियो ।

    स्रोत:कान्तिपुर