वैशाखसम्म ५० मेवा विद्युत् उत्पादन गर्दै निजीक्षेत्र

    1900

    असोज २,  निजीक्षेत्रबाट चालू आर्थिक वर्षको वैशाखसम्ममा ५० दशमलव ३ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । गत आवमा निजीक्षेत्रले साढे ५ मेगावाट विद्युत् उत्पादन गरेको थियो । गत आवको तुलनामा चालू आवमा ९ गुणा बढी विद्युत् उत्पादन हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले बताए । उनले भने, ‘सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने निर्णय गरेकाले पनि चालू आवमा गत आवको तुलनामा बढी आयोजना निर्माण हुने भएका हुन् ।’
    Project coming soon
    श्रेष्ठका अनुसार सरकारले सबै आयोजनालाई सहुलियतपूर्ण ऋणका साथै निर्माण सामग्रीमा लाग्ने भ्याट छूट दिने हो भने आयोजना निर्माणमा सहजता आउने थियो । ऊर्जा मन्त्रालयले सहुलियत ऋण र भ्याट छूट दिने निर्णय गरे पनि अर्थ मन्त्रालयले भ्याट छूट दिन अस्वीकार गरेको बताइएको छ । पछिल्लो समयमा सरकारीभन्दा निजी विद्युत् आयोजना निर्माणले गति लिएको छ । २०६५ सालमा ७० मेगावाट क्षमताको मध्यमस्र्याङदी जलविद्युत् आयोजना निर्माण भएपछि सरकारी आयोजनाका रूपमा अन्य विद्युत् आयोजनाको निर्माण हुन सकेको छैन ।

    तर, निजीक्षेत्रले भने प्रत्येक वर्ष साना आयोजनाहरू नै भए पनि सम्पत्र गर्दै त्यहाँबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रीडमा थप्दै आएको छ । ‘मुनाफाका लागि सुनिश्चितता प्रदान गर्ने हो भने निजीक्षेत्रबाट आयोजना निर्माणको गति अझ तीव्र हुने निश्चित छ,’ सोही संस्थाका कार्यकारी व्यवस्थापक प्रदीप गङ्गोलले भने ।

    यसैबीच, निजीक्षेत्रबाट निर्माण भएको तल्लो मोदी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेको छ । पर्वतको चुवा गाविसमा निर्मित १० मेगावाट क्षमताको सो आयोजनाले परीक्षण उत्पादन शुरू गरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । स्रोतका अनुसार परीक्षणपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने छ । सो विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएपछि लोडशेडिङ आधा घण्टासम्म कम गर्न सकिने प्राधिकरण भार प्रेषण केन्द्रका प्रबन्धक भुवन क्षत्रीले जानकारी दिए ।

    निजीक्षेत्रका विद्युत् प्रवद्र्धकहरू विद्युत्को मूल्य अहिलेको भन्दा केही बढी दिने हो भने आयोजना निर्माणमा निजीक्षेत्रको लगानी बढ्ने बताउँछन् । ‘नाफा कम र झण्झट बढी भएकाले पनि आयोजना निर्माणमा सोचेजति निजीक्षेत्रले लगानी गर्न सकिरहेका छैनन्,’ आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक विश्वनाथ कँडेलले भने । अध्यक्ष श्रेष्ठका अनुसार ‘मन्त्रालयबीच समन्वय नहुँदा पनि आयोजना निर्माणमा बाधा पुग्ने गरेको छ ।’ नेपालमा १९६८ सालदेखि जलविद्युत् उत्पादन हुन थालेको हो । निजीक्षेत्रबाट भने २०४७ सालदेखि जलविद्युत् उत्पादन हुँदैआएको छ ।

    Source: © 2012 Abhiyan