रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशनको काम भिवोर क्यापिटलले गर्ने

    1914

    काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशनको काम भिवोर क्यापिटल लिमिटेडले गर्ने भएकाे छ। उक्त कार्यकाे लागि बिहीबार(आज) कम्पनीका कार्यकारी संचालन गुरुप्रसाद न्यौपाने र भिवोर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बद्रीबिक्रम थापाले हस्ताक्षर गरेका छन् ।

    यस पश्चात हाइड्रोको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटलले गर्ने भएको छ । क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने कम्पनीले जनाएको छ ।

     

    विकासन्युज