चिलिमे हाइड्रोपावरको नाफा ९३ करोड ८७ लाख

    1150

    साउन २७, काठमाडौं (अस) । असार मसान्तसम्ममा चिलिमे हाइड्रोपावर कम्पनीले रू. ९३ करोड ८७ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा रू. १६ लाख ७१ हजारले बढी हो । कम्पनीले अघिल्लो आवमा रू. ९३ करोड ७१ लाख नाफा कमाएको थियो । कम्पनीको ब्याज आम्दानी बढेकाले नाफा बढेको हो । ब्याज आम्दानी ७३ प्रतिशतले बढेर रू. ६ करोड ८२ लाख पुगेको छ । कम्पनीले विद्युत विक्रीबाट रू. १ अर्ब १३ करोड आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा ४ दशमलव ८७ प्रतिशतले कमी हो । असार मसान्तसम्ममा खोलामा पानीको बहावमा खासै सुधार आउन नसेकाले विद्युत विक्री घटेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ६८, मूल्य आम्दानी अनुपात ३३ दशमलव ३७ गुणा र प्रतिशेयर नेटवर्थ रू.२ सय २५ दशमलव ६७ रहेको छ ।

    स्रोत:अभियान