माथिल्लो त्रिशूली–१ अघि बढाउन स्थानीयको आग्रह

    1472

    माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको पीपीए र पीडीए नहुँदा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।हाकु, धुन्चे र राम्चे गाविसका स्थानीय बान्दिाले २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको नेपाल सरकारले छिटोभन्दा छिटो पीपीए र पीडीए गरेर निर्माण गर्नुपर्ने बताएका छन् । जिल्लामा निर्माण हुन लागेको अहिले सम्मकै ठूलो जलविद्युत् आयोजनाको पीपीए र पीडीए नहुँदा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका हुन् ।

    सरकारले देशलाई दुई वर्षभित्र लोडसेडिङमुक्त गर्ने घोषण गरेको छ तर यति ठूलो आयोजनाको अहिलेसम्म पीपीए र पीडीए नहुँदा निर्माण कार्य अगाडि बढ्नसकेको छैन कसरी हुन्छ दुई वर्षभित्र देश लोडसेडिङमुक्त रसुवा जिल्लाका नागरिक समाजका अध्यक्ष बताउँछन् । ‘गाउँमा निर्माण हुन लागेको जिल्लाकै ठूलो जलविद्युत् आयोजना छिटोभन्दा छिटो निर्माण हुने हो भने देश लोडसेडिङमुक्त हुने थियो,’ उनले भने ।

    माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले ५.६ किमी सडक निर्माण र आफलाई चाहिने जति जग्गा अधिग्रहण गरिसकोको छ । थप अरू कामलाई पनि तीव्रता दिएको थियो तर वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सडक निर्माण तथा अन्य काम राकियो । अहिले भूकम्पले अवरोध गरेको सडक मर्मत तथा पन्छाउने काम भइरहेको छ । धैरै कामअगाडि बढाइसकेको सो आयोजनाको नेपाल सरकारले छिटोभन्दा छिटो पीपीए र पीडीए गरेर माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने सरोकार समितिका अध्यक्ष साङतेम्पा तामाङले बताए ।

    २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना बन्न लागेको आयोजनामध्ये जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको रहेको छ ।

    आयोजनामा कोरियन कम्पनी कोसेपको ५० प्रतिशत, डेलिमको १५ प्रतिशत तथा क्येर्योङको १० प्रतिशत, विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रियवित्त निगम (आईएफसी) १५ प्रतिशत र नेपाली लगानीकर्ता जेड पावरको १० सेयर लगानी छ ।आयोजनाको लागत ५५ करोड डलर अथात् ९५३ अर्ब ९० करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक रूपमा १ अर्ब ४५ करोड ६० लाख युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।

    स्रोत: राजधानी