मध्यमस्र्याङ्दीको टर्बाइनमा समस्या – मर्मतका लागि ३० दिन, दोस्रो टर्बाइन बन्द गरिने

    3181

    Middle Marsyangdi Pwerhouseलमजुङ, १२ पुस – निर्माणकार्य सम्पन्न भएको चार वर्ष पूरा नहुँदै बहुचर्चित मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनामा जडित २ वटा टर्बाइनमध्ये युनिट नम्बर २ मा गम्भीर समस्या देखिएको छ ।
    गत वर्ष दुवै टबाइनमा गम्भिर समस्या आए पनि नेपाल विद्युत् प्राधिकरणले परियोजनाको १ नम्बर टवाइन मात्रै फेरेको थियो । मस्र्याङ्दी नदीमा आएको अत्यधिक बालुवा बाँधस्थलमा जम्मा भएका कारण परियोजनाको टर्बाइनलाई धक्का पु¥याएको मध्यमस्र्याङ्दी स्रोतले जनाएको छ ।
    प्राधिकरणले दुई वर्षअघि टर्वाइन सामान्य मर्मतगर पनि समस्याको समाधान नभएपछि गत वर्षमात्रै १ नम्बर टर्वाइन फेरेको थियो । गत वर्ष नै दुईवटै टर्वाइन बालुवाले खाएर काम नलाग्ने अवस्थामा पुगे पनि लोडेसेडिङको समस्यालाई ध्यानमा राख्दै प्राधिकरणले पहिलो टर्वाइनको मात्रै मर्मत गरेको थियो ।
    परियोजनाका अनुसार आगामी माघ महिनाको दोस्रो सातादेखि टर्बाइन नम्बर २ को मर्मत कार्य थालिनेछ । टर्बाइन मर्मतका लागि झन्डै ३० देखि ३५ दिन लाग्ने आयोजनाका इन्जिनियर रामु श्रेष्ठले जानकारी दिए । वर्तमान लोडसेडिङलाई मध्यनजर गर्दै युनिट नम्बर २ को मर्मतका समयमा १ नम्बर टर्वाइनबाट भने विद्युत् उत्पादन गरिने इन्जिनियर श्रेष्ठले बताएका छन् ।
    गत वर्ष युनिट नम्बर १ मा नयाँ टर्बाइन राखी हटाइएको टर्बाइन युनिट नम्बर २ मा जडान गरिने परियोजनाका प्रमुख रामकुमार यादवले जानकारी दिएका छन् ।
    झन्डै दोब्बर समय र अनुमान गरिएभन्दा तीन गुणा लागतमा चार वर्ष अघि मात्रै निर्माण सम्पन्न भएको यस परियोजनामा छोटो सयममै यसका एसेसरिज, पार्टपुर्जा तथा टर्बाइनमा गम्भीर समस्या उत्पन्न हुन थालेको छ ।

    प्रस्तुति: कारोबार