मध्यभोटेकोसी आयोजनाको काम रोक्न परेको रिट खारेज -आयोजना बनाउने बाटो खुला

    2705

    सर्वोच्च अदालतले मध्यभोटेकोसी जलविद्युत्को काम रोक्न माग गर्दे परेको रिटलाई खारेज गरेको छ । पर्यटन व्यवसायी तथा वोर्डरल्यान्ड रिसोर्टका अध्यक्ष मेघ आलेले मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजनाको वातावरण प्रभाव मूल्यांकन (ईआईए) नगरी निर्माण सुरु गर्न लागेको र पर्यटनलाई असर गर्ने गरी आयोजना बनाउन लागेको कारण देखाउँदै यसलाई रोक्न मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
    आयोजनाको विषय सम्बन्धित मन्त्रालयको सरोकार भएकाले यसमा अदालतले बोल्न आवश्यक नभएको ठहर गर्दे आलेको रिट खारेज गरेको हो ।
    अब कम्पनीलाई मध्यभोटेकोसी आयोजना बनाउन बाटो खुलेको छ ।  कम्पनीले आयोजना अघि बढाउन चाँडै सार्वजनीक सुनुवाइ थाल्ने भएको कम्पनीका प्रबन्धनिर्देशक प्रकाशमान श्रेष्ठले बताए ।
    नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच भएको विद्युत् खरिद सम्झौता(पीपीए) अनुसार आगामी २०७४ असारदेखि विद्युत् उत्पादन गर्नुपर्नेछ । आयोजनाको जडित क्षमता १०२ मेगावाट छ । भोटेकोसी आयोजना बनेपछि वार्षिक ४ अर्ब रुपैयाँको बिजुली कारोबार हुने छ भने ¥याफ्टिङ व्यवसायबाट वार्षिक २ करोड रुपैयाँ पनि कारोबार नहुने कम्पनीले बताएको छ । यता स्थानीय बासिन्दा आयोजना बन्नुपर्ने अडानमा छन् ।
    ¥याफ्टिङ एसोसियसन अफ नेपाल (नारा) ले वर्षौंदेखि भोटेकोसीमा ¥याफ्टिङ सञ्चालन गर्दै आएको जिकिर गर्दे विद्युत् आयोजना निर्माण भए व्यवसाय बन्द हुने भन्दै आयोजनको विरोध गर्दे आएको छ । उसले आयोजनको विद्युत्गृह प्रस्ताव गरिएको स्थान जम्मुबाट तीन किलोमिटर माथी सार्न प्रवद्र्धक मध्यभोटेकोसीलाई अनुरोध गरेको छ । यता प्रवद्र्धक कम्पनीले प्रस्तावित स्थानभन्दा तीन किलोमिटर माथि सरिए जडित क्षमता आधा घट्ने र आर्थिक रूपमा आयोजना सम्भाव्य नहुने दाबी गरेको छ ।
    आयोजना १ सय २ मेगावाटमा डिजाइन गरी सोहीअनुसार कर्मचारी सञ्चय कोषबाट कर्जा पाएको बताउँदै कम्पनीले तीन किलोमिटर माथि सखुवामा आयोजनाको विद्युत्गृह सारे विद्युत उत्पादन ५२ मेगावाट मात्र हुने भएकाले आयोजना बनाउनुको कुनै अर्थ नहुने जिकिर गर्दै आएको छ ।
    आयोजना १ सय २ मेगावाटमा डिजाइन गर्दा प्रतिफल २० प्रतिशत हुने कम्पनीको भनाइ छ । आयोजना प्रस्तावित स्थान भन्दा तीन किलोमिटरमाथि सारे प्रतिफल ऋणात्मक हुनुका साथै लगानीकर्ताले लगानीबाट प्रतिफल नपाउने तर्क मध्यभोटेकोसीको छ ।
    चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको मध्यभोटेकोसीले आयोजना बनाउन लागेको हो । कम्पनीले आयोजनाको अध्ययन पूरा गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । डीपीआरअनुसार आयोजना बनाउन १२ अर्ब ४२ करोड रुपैयाँ लाग्ने देखिएको छ ।
    मध्यभोटेकोसी आयोजना बनाउन कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड रुपैयाँ कर्जा दिइसकेको छ । आधा लगानी लगानीकर्ताबाट जुटाउने लक्ष्य कम्पनीले लिएको छ । आयोजनाबाट ५४ करोड २२ लाख ९७ हजार ९ सय युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । आयोजना सिन्धुपाल्चोकको मार्मिङ, लिस्तीकोट, गाति, घुमथान र मानेश्वारा गाविसमा पर्छ ।

    प्रस्तुति: कारोबार