बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना

    2193

    कर्मचारी सञ्चय कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना गरेको छ।

    सञ्चयकर्ताको ४० प्रतिशत शेयर लगानी गर्ने गरी कम्पनीको स्थापना गरिएको कोषको ५६ औँं वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय पोखराले आयोजना गरेको कार्यक्रममा शाखा प्रबन्धक दिलीप पौडेलले सो कुराको जानकारी दिए।

    उनकाअनुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा सञ्चयकर्ताकोहभागिता गराइएको र चिलिमे जलविद्युत् आयोजनाबाट प्रवद्र्धित तीन परियाजनामा पनि शेयर प्रदान गर्ने प्रक्रियामा रहेको छ।

    पाँच लाख ५० हजार सञ्चयकर्ता रहेको कोषले सञ्चयकर्ताको अवकाशपछि पनि छ वर्षसम्म सञ्चित रकममा ब्याज दिने तथा निजहरुको नाममा जम्मा हुन आएको रकममा वार्षिक ब्याजसमेत थप गरी एकमुष्ठ भुक्तानी दिने बताइएको छ।

    सञ्चयकर्तालाई घर निर्माण गर्न वा घर खरिद गर्न अधिकतम १५ वर्षको तलब वा बढीमा एक करोड रुपैयाँसम्म घर सापटी, स्वदेशका लागि अधिकतम १० लाख र विदेशका लागि २० लाख, एमबीबीएस÷ एमडीको लागि २५ लाखसम्म शैक्षिक ऋृण दिने व्यवस्था भएको कार्यक्रममा जानकारी दिइयो।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कोषको पुँजीलाई सुरक्षित र उत्पादनमूलक क्षेत्रमा लगानी गरी कोषले सञ्चयकर्तालाई अधिकतम लाभ दिनुपर्नेमा जोड दिए।
    रासस