प्राधिकरण र हिमालयनबीच पीपीए

    2542

    Khimti Kholaचैत ११, काठमाडौं (अस) । नेपाल विद्युत् प्राधिकरण र हिमालयन ऊर्जा विकास कम्पनीबीच विद्युत् खरीद सम्झौता (पीपीए) भएको छ । प्राधिकरण र कम्पनीबीच गत बिहीवार भएको सो पीपीएमा प्राधिकरणले कम्पनीसँग वर्षाको समयमा प्रति युनिट ४ रुपैयाँ ८० पैसा र हिउँदको समयमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद गर्नेछ । कम्पनीले रामेछाप र दोलखाको बीचमा पर्ने खिम्ती–२ जलविद्युत् आयोजनाबाट ७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । २०७४ साउनभित्र आयोजनाको निर्माण कार्य पूरा गर्ने पनि बताइएको छ । सो कम्पनीले यसअघि १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती आयोजना निर्माणका लागि प्राधिकरणसँग पीपीए गरिसकेको छ । सो आयोजनाबाट २०७२ को कार्तिक भित्र विद्युत् उत्पादन गर्ने कम्पनीको तयारी रहेको स्रोतले बताएको छ ।

     

     

    प्रस्तुति: अभियान