नविकरणीय उर्जा विकासमा जर्मनद्धारा पौने २ अर्ब सहयोग

    3947

    ७ असार, काठमाडौं ।

    Solar-panal-1युरोपियन मुलुक जर्मनीले नेपाललाई १ अर्ब ७५ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्न जर्मनीले उक्त सहयोग उपलब्ध गराउने भएको हो । शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा जर्मनीले सहयोग उपलब्ध गराउने सम्झौता गरेको छ । सम्झौतापत्रमा जर्मनी राजदूत फ्रयाङ्क माइकी र मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभयो ।

    सम्भौतपछि राजदूत माइकीले नेपालको आर्थिक-सामाजिक विकासमा सहयोग गर्न जर्मन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संविधानसभाको निर्वाचनपछि द्विपक्षीय सहायता थप विस्तार हुने आश्वासन समेत दिनुभयो । नेपालको आर्थिक विकास ऊर्जा क्षेत्रको विकासमा अडिएको बताउँदै उहाँले उर्जा क्षेत्रको विकासलाई जर्मनीले उच्च्ा प्राथमिकता दिएको बताउनुभयो । सहसचिव मरासिनीले जर्मन सहयोगको खुलेर प्रशंसा गर्नुभयो । उहाँले नेपालको विकासमा जर्मनले थप सहयोग गर्ने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

    सहयोग रकम ग्रामीण क्षेत्रमा सौर्य प्यानल एवम् पानी नाप्ने पम्प जडान र त्रिशूली करिडरमा प्रसारण लाइन विस्तार लगाएतका कार्यक्रममा खर्च गरिने छ । उक्त कार्यक्रम विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले संचालन गर्दै आएको छ ।

    @ Online Khabar