त्रिशुली थ्री ‘ए’को सुरुङ यसै महिना ‘ब्रेक थ्रु’ हुँदै

    1702

    २ महिनामा १ सय ८६ मिटर सुरुङ खन्यो चिनियाँ कम्पनीले

    २८ भदौ काठमाडौं । चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको त्रिशुली थ्री ‘ए’ को सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ ।

    भूकम्पका कारण झन्डै २ वर्ष काम रोकेको यो कम्पनीले गत साउनको सुरुवातबाट काम सुरु गरेको थियो । जसले २ महिनामा १ सय ८६ मिटर सुरुङ खनेको छ ।

    यो आयोजनाको सुरुङ ४ दशमलव १ किमी लामो हुन्छ । जसमध्ये भूकम्प अघि ३.८९ किमि खनिसकेको थियो । भूकम्पका कारण पहुँच मार्ग बिग्रेपछि यसले निर्माण कार्य रोकेेको थियो । भूकम्पपछि काम छाडेको यो कम्पनीले २ वर्षसम्म काम नै नगरी बस्यो ।

    सही तवरले काम अघि बढ्न पाएकेा भए यो आयोजना गत वर्षको असार बाटै सञ्चालनमा आइसक्थ्यो । तर यो आयोजना सन् २०१९ को अपि्रलसम्ममा मात्रै निर्माण भइसक्ने माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए ।

    जोशीले भने ‘२ महिनादेखि निरन्तर रुपमा काम अघि बढेको छ, सुरुङ निर्माण सँगै अन्य पहुँच मार्ग मर्मत, पावर हाउस निर्माणको काम पििन अघि बढाएको छ । ‘सन् २०११ को जुनबाट काम सुरु भएकोे यो आयोजना कुल ६० मेगावाट क्षमताको छ ।

    निर्माण कम्पनीको आग्रहमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्री परिषद्बाट ६० वाट ९० मेगावाट बनाउने निर्णय गराएका थिए । त्यस्तै खिलराज रेग्मी सरकार अध्यक्ष रहेको बेलामा  प्राधिकरणको सञ्चालक समितिको बैठकले  पनि ९० मेगावाट नै बनाउने निर्णय गरेको थियो । तर चौतर्फि बिरोध पछि प्राधिकरण पछि हटेको थियो ।

    आयोजनाका लागि ऋणदाता चिनियाँ बैंकसँग लिएको पाँच वर्ष ऋणको अवधि थप गरिदिन सरकारले यसअघि नै आग्रह गरिसकेको छ । सरकारले यो आयोजनाका लागि आठ अर्ब ९० करोड ऋण लिएको हो ।

    ऋण तिर्ने अवधि सुरु भइसकेपनि आयोजना सकिएको छैन । जसका कराण सरकारले यसको म्याद थप गर्न खोजेको छ ।

    विसं २०७३ असार १६ गतेदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि उक्त आयोजनाको निर्माण कार्यमा भूकम्प तथा ठेकेदारको बेवास्ताका कारण ढिलाइ भएको हो ।

    भूकम्पले ध्वस्त पारेको पहुँच मार्ग नेपाली सेनाको सहयोगमा निर्माण सम्पन्न भएपछि ठेकेदार कम्पनीले काम थालेको थियो ।

    भूकम्पले ध्वस्त पारेको बाँधको दुवैतर्फका संरचना सरकार आफैंले निर्माण गर्दैछ । जसका लागि अर्थ मन्त्रालयले ६१ करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

    स्रोत :अनलाइनखबर