तामाकोसी–५ लाई सरकारको पैसा

    2443

    Tamakoshiसरकारले ८७ मेगावाटको तामाकोसी–५ निर्माण गर्न रकम दिने भएको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयोजना निर्माणमा लाग्ने रकमसहितको विवरण ७ दिनभित्र पेस गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन
    दिएका छन् । ‘तामाकोसी–५ आयोजना निर्माण लागतसहितको विवरण लिएर आउनुस्, आगामी आवको बजेटमा रकम छुटयाउन सरकार तयार छ,’ आइतबार अर्थ मन्त्रालयमा भएको छलफलमा ऊर्जासचिवलाई निर्देशन दिँदै कोइरालाले भने । आयोजनाका लागि बजेट छुटयाउन ऊर्जा मन्त्रालयलाई निर्धारण गरिएको सिलिङले कुनै फरक नपार्ने बताए । ऊर्जासचिव हरिराम कोइरालाले आयोजना निर्माणका लागि सरकारले बजेट विनियोजन गर्नुपर्ने माग गरेका थिए ।
    ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत्गृहबाट निक्लिएको पानीबाट तामाकोसी–५ निर्माण गर्न लागिएको हो । आयोजना माथिल्लो तामाकोसीको क्यास्केड हो । दोलखामा पर्ने आयोजनाको विद्युत्् प्राधिकरणले सम्भाव्यता अध्ययन गरिरहेको छ ।

    @नयाँ पत्रिका