कर्णालीवासीकै लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने

    1327

    काठमाडौँ । कर्णाली जलस्रोत लिमिटेडले कर्णाली क्षेत्रका जनताको सानो सानो पूँजी परिचालन गरेर विभिन्न जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।
    उक्त कम्पनीको शनिबार सम्पन्न साधारणसभामा दिइएको जानकारीअनुसार कूल छ मेगावाटको ‘माथिल्लो चौँरीखोला साना जलविद्युत् आयोजना’ निर्माण गर्ने घोषणा गरेको हो ।
    कम्पनीका अध्यक्ष लोकबहादुर रावतले कर्णालीको आर्थिक विकासका लागि त्यहीँका जनतालाई परिचालन गर्ने र उनीहरुकै लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको जानकारी दिए । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विद्युुत् खरिद बिक्री सम्झौता गरिसकेको छ ।
    त्यसैगरी, कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा ४।२ मेगावाट ‘स्यानो खोला जलविद्युत् आयोजना’को समेत काम शुरु गरेको छ । उक्त आयोजनाको स्थलगत सम्भाव्यताको अध्ययन सम्पन्न भइसकेको र डिजाइन गर्ने कार्य इष्ट कन्सल्टले गरिरहेको जानकारी दिइयो । कम्पनीको मत्स्यपालन व्यवसाय सञ्चालनको पनि तयारी गरेको छ ।

    -अर्थतन्त्र