करीब १० अर्ब लागतमा कालङ्गा जलविद्युत् आयोजनाको निमार्ण शुरू, ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

    2034

    चैत ९, बझाङ । निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ ।बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको मङ्गलवार एक कार्यक्रमबीच शुरू गरियो । करीब रू. १० अर्ब ५० करोडको लागतमा निर्माण हुने सो आयोजनामा विभिन्न बैङ्कको ७५, स्थानीयको १० तथा विभिन्न व्यक्तिको १५ प्रतिशत शेयर लगानी रहने बताएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनामा माछापुच्छ्रे, एनएमबी, सिभिल बैङ्कलगायत विभिन्न १० ओटा बैङ्कको लगानी रहेको आयोजना प्रमुख उमेश श्रेष्ठले बताए ।  रासस