आजदेखि दिनको ११ घण्टासम्म लोडसेडिङ

    2347

    काठमाडौँ, मंसिर २३ (नागरिक) – नदीहरुमा पानीको स्तर घटेको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि दिनमा ११ घण्टासम्म लोडसेडिङ गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार हप्तामा चार दिन बिहान ६ घण्टा र दिउँसो/राति एकै पटक ५ घण्टा गरी कूल ११ घण्टा लोडसेडिङ हुनेछ।

    त्यसैगरी दुई दिन बिहान ६ घण्टा र दिउँसो/राति ४ घण्टा गरी कूल १० घण्टा अन्धकार हुनेछ। हप्ताको एक दिन भने लोडसेडिङमा विशेष छुट दिई दिनमा ८ घण्टासम्म लोडसेडिङ हुनेछ। ८ घण्टा लोडसेडिङ हुने दिन बिहान चार घण्टा र दिउँसो/राति चार घण्टा बत्ती हुनेछैन।

    यसअघि दैनिक औसत ८ घण्टामात्रै लोडसेडिङ भइरहेको थियो।

    परिस्थिति प्रतिकूल भएमा थप एक घण्टा लोडसेडिङ हुने तालिकामा उल्लेख छ। त्यही अनुसार विगत केही दिनदेखि अघोषित रुपमा समयभन्दा बढी लोडसेडिङ भइरहेको थियो।

    NEA ups power cut to 70 hours a week

    KATHMANDU: The Nepal Electricity Authority (NEA) has increased the power outage hours to 70 hours a week to be effective from Saturday (tomorrow).

    Issuing a notice on Friday, the NEA said that it is forced to increase the load-shedding hours due to decrease in the water level in rivers.

    According to the new schedule, there will be nine-hour and 11-hour power outage once a week, while five days will reel under 10- hour blackout.

    A particular day, however, will have two shifts–four to five hours in a particular shift–for the outage as in the past.