अपी पावरले सौर्य ऊर्जामा लगानी गर्ने

    1145

    जलविद्युत् उत्पादनमा क्रियाशील अपी पावर कम्पनीको अगुवाइमा सोलार विद्युत् उत्पादन हुने भएको छ ।
    देशका विभिन्न ८ स्थानमा सोलार फार्मिङ गरी विद्युत् उत्पादन गर्न लागिएको हो ।  कम्पनीका अनुसार चन्द्रौटा, सिमरा, चन्द्रनिगाहपुर, परवानीपुर, ढल्केबर, बर्दघाट, कावासोती  (२ फर्म) तय गरिएका छन् ।

    इनर्जी मिक्सको  अवधारणाअनुरूप नेपाल विद्युत् प्राधिकरणले गरेको बिडिङमा कम्पनीले आयोजना निर्माणको टेन्डर पाएको हो । आयोजना प्राधिकरणका सबस्टेसन भएका स्थानको नजिक पर्ने गरी निर्माण हुनेछन् ।  आयोजनाबाट उत्पादित विद्युत् खरिद–बिक्रीका लागि विद्युत् प्राधिकरणसँग पिपिए सम्झौताका क्रममा रहेको कम्पनीका कार्यकारी निर्देशक सञ्जीव न्यौपानेले  जानकारी दिए ।
    नेपाल स्टक एक्सचेन्जमा दर्ता भइसकेको कम्पनीका सेयर सूचीकृत हुनुका साथै खुला रूपमा किनबेचका लागि बजारमा उपलब्ध छन् ।
    कम्पनीले सुदूरपश्चिमाञ्चलको दार्चुलास्थित देथला गाविसमा नौगड गाढ जलविद्युत् आयोजना (८.५ मेवा) निर्माण गरिसकेको छ । कम्पनीले सोही आयोजनाभन्दा ७ किलोमिटर माथि पर्ने गरी अपर नौगड गाढ  (८ मेवा)को निर्माण थालिसकेको छ ।

    इनर्जी मिक्सको अवधारणाअनुरूप नेपाल विद्युत् प्राधिकरणले गरेको बिडिङमा कम्पनीले आयोजना निर्माणको टेन्डर पाएको हो कम्पनीको हालसम्मकै ठूलो परियोजनाका रूपमा रहेको त्रिशूली–गल्छी जलविद्युत् आयोजना (७५ मेवा)को निर्माण सुरु गरेको छ, धादिङ र नुवाकोटमा आयोजना निर्माण हुनेछ

    कम्पनीको हालसम्मकै ठूलो परियोजनाका रूपमा रहेको त्रिशूली गल्छी जलविद्युत् आयोजना (७५ मेवा)को निर्माण सुरु गरेको छ । धादिङ र नुवाकोटमा आयोजना निर्माण हुनेछ । कम्पनीले हावाबाट विद्युत् निकाल्न आवश्यक सम्भावना खोजी सुरु गरिएको जनाएको छ । कम्पनीमा हाल करिब १४ लाख  सेयरधनी छन् । कम्पनीले आव ०७२÷७३ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

    स्रोत:नयाँपत्रीका