ऊर्जाबारे ट्रम्पका गलत धारणा

    683

    ऊर्जाका विषयमा कुरा गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुइवटा गलत धारणा रहेको पाइन्छ । एउटा गलत धारणा उनको व्यक्तिगत हो भने अर्को राजनीतिक धारणा । ट्रम्पका यी दुई गतल धारणाले संसारलाई नै ठूलो दुर्घटनाको बाटोतर्फ उन्मुख गराउन सक्नेछ ।

    ट्रम्पको व्यक्तिगत गलत धारणाको कुरा गर्दा खाडी राष्ट्रप्रति उनले लिएका कदमभन्दा अन्य कुनै पनि धारणा सही नभएको विभिन्न समाचार प्रसारण भइरहेका छन् । मानिस जन्मँदै ऊर्जासाथ जन्मने भएकाले यस विषयमा टाउको दुखाउन आवश्यक छैन भन्ने कुरा ट्रम्पले सोच्ने गरेको स्तम्भकारलाई लागेको छ । यही विश्वासमा विगत धेरै वर्षदेखि अभिनय (काम गरेजस्तो) गर्ने प्रयास गरिँदै आएको छ । गत मे महिनाको २६ र २७ मा इटलीको ताओर्मिनामा सम्पन्न विश्वका ठूला अर्थतन्त्र भएका ७ राष्ट्रको समूह जी–७ को सम्मेलनले यस अवधारणालाई आत्मसात गर्ने विषयमा थप छलफल भएको हुन सक्छ (नभएको पनि हुन सक्छ) । जी–७ सम्मेलनमा विश्वका ठूला र विकसित अर्थतन्त्र भएका ६ राष्ट्रका नेताहरू सहभागी थिए तर जी–७ कै सदस्य राष्ट्र अमेरिकाका राष्ट्रपति ट्रम्प भने खाडी राष्ट्रका विद्युतीय सवारीमा हुइँकिदै थिए ।

    यतिमात्र होइन, ट्रम्पको खाडीराष्ट्र भ्रमणका वेला अर्को पनि संयोग जुरेको छ । वातावरण संरक्षणका विषयमा पनि ट्रम्पमा गलत धारणा रहेको देखिन्छ । उनले भविष्यमा हुन सक्ने ‘कोइलाखानीको युद्ध’ समाप्त गर्ने उद्घोष गरेका छन् (कोइलाखानीबाट रोजगारी कटौती गरेको कुरालाई उनले युद्धका रूपमा लिएको हुन सक्छ) । तल्लोस्तरका लाखौँ अमेरिकीलाई कोइलाखानी उद्योगले रोजगारी दिएको कुरा उनलाई लागेको हुन सक्छ । जुन कुरा वातावरण संरक्षण विरोधी देखिन्छ । वातावरण संरक्षणमा उनले राखेको धारणा गलत छ भनेर हामीलाई कसरी थाहा भयो त ? पहिलो कुरा त वातावरण संरक्षणका विषयमा कुरा उठ्न थालेपछि कोइलाखानी उद्योगका रोजगारीमा कमी आउन थाल्यो । सन् १९४८ देखि अमेरिकामा मानव स्वास्थ्य तथा वातावरण संरक्षण इकाइ ‘वातावरणीय संरक्षण एजेन्सी’ स्थापना भएको वर्ष सन् १९७० का बीचको अवधिमा मात्र कोइलाखानी क्षेत्रको रोजगारी करिब एक–तिहाइले घटेको पाइन्छ । तर, यस कदमले कोइलाको उत्पादनमा भने कमी आउनुको सट्टा उत्पादन वृद्धि हुँदै गयो । रोजगारी घटे पनि पुराना जमानाका कोइला उत्पादन खानीको सट्टा अत्याधुनिक प्रविधि प्रयोग गरिएकाले कोइला उत्पादनमा वृद्धि हुन पुगेको हो । नयाँ प्रविधिको उपयोगले कम कर्मचारीले धेरै काम गर्न सक्छन् ।

    विगत केही वर्षको अवधिमा भने कोइला उत्पादनमा कमी आएको पक्कै हो । उत्पादन घट्नुमा वातावरणीय कानुनका केही प्रावधान पनि थोरबहुत जिम्मेवार छन् । विभिन्न वैकल्पिक प्रविधि विकास भएकाले कोइलाको महत्व कम हुँदै गएको देखिन्छ । गत साता कोइला उद्योगसम्बन्धी विश्लेषण गर्ने एक अमेरिकी विश्लेषकले पनि यही कुरा बताएका छन् । कोइला ‘कच्चा पदार्थभन्दा बढी महत्वको हुन नसकेको’ उनले बताएका थिए । प्राकृतिक ग्यास, सौर्य ऊर्जा, वायु ऊर्जाजस्ता नवीकरणीय ऊर्जाको मूल्य दिनानुदिन सस्तो बन्दै गएकाले पनि कोइलाको महत्व कम हुँदै गएको हो ।

    त्यस्तो विश्लेषण गर्ने विश्लेषक अरू कोही नभएर अमेरिकाका नेशनल इकोनोमिक काउन्सिलका प्रेसिडेन्ट तथा ट्रम्प प्रशासनका प्रमुख अर्थशास्त्री ग्यारी को हुन् ? आश्चर्यको कुराचाहिँ के छ भने उनले कोइलाको महत्व कम हुने कुरा ट्रम्पलाई बताए पनि अन्य ऊर्जाक्षेत्रका अन्य विज्ञका धारणामा पनि उनी समहत नै देखिन्छन् ।

    नवीकरणीय उर्जाको वकालत गर्दा व्यावहारिक नहुने र स्थापित संस्कृतिविरुद्ध हुने जस्तो कुरा सोचिने समय पनि धेरै पहिलेको होइन । हिप्पी (परम्परा विरोधी)हरूले शान्ति, प्रेम र सौर्य ऊर्जाको उपयोग गरी समृद्धि प्राप्त गर्न सकिने कुरालाई समूहमा नै चलाएकाले नवीकरणीय ऊर्जाको चर्चा चुलिएको हो । ऊर्जा नीतिलाई संवेदनशील रूपमा लिने विज्ञले भविष्यमा नवीकरणीय ऊर्जाको व्यापक प्रयोग हुने आँकलन गरेका छन् । यसका साथै भविष्यमा धेरै कोइला प्रयोग हुने छैन भन्ने कुरामा पनि उनीहरू विश्वस्त देखिन्छन् र कोइलाखानीको रोजगारीमा व्यापक कमी आउने कुरामा पनि ।

    तर, कोइला उत्पादन हुने क्षेत्रका मतदाता (जनता) यो कुरा सुन्न चाहँदैनन् । उनीहरू ट्रम्पलाई नै समर्थन गरिरहेका छन् । ट्रम्पले गत वर्षको चुनावी अभियानका क्रममा कोइलाखानीबाट गुमेको रोजगारी फिर्ता गर्ने प्रतिबद्धता गरेका थिए । उनको वास्तविक चुनावी एजेन्डा त कोइलाखानी क्षेत्रका रोजगारी कटौती गर्न प्रोत्साहन गर्नेलाई पनि सजाय दिलाउने रहेको थियो । आफ्नो प्रशंसा सार्वजनिक भएको धेरै ख्याल गर्ने तर विज्ञले दिएका नीतिगत सल्लाहमा ध्यानकेन्द्रित नगर्ने ट्रम्पको बानी छ । यो कुरा गर्दा मलाई ट्रम्पले युरोपको भ्रमण गरेको कुरा सम्झना आउँछ । सो भ्रमणमा उनले के–के गरेभन्दा पनि के–के गरेनन् भन्ने कुराको चर्चा चाहिँ उल्लेख्य थियो ।

    पहिलो कुरा त ब्रसेल्समा उनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)कोे आर्टिकल (धारा) ५ को पालना नगर्ने कुरा उल्लेख गरे । कुनै पनि नेटोको सदस्य राष्ट्रमाथि हमला गर्नु भनेको पूरै नेटोमा हमला गर्नु हो भन्ने कुरा धारा ५ मा उल्लेख छ । उक्त गठबन्धनको सबैभन्दा शक्तिशाली सदस्य रहेको अमेरिकाको भूमिकालाई शक्तिशाली राष्ट्रका रूपमा स्वीकार नै गरेनन् (बरु सो गठबन्धनबाट आफू पछि हट्ने कुरा उनले गरे) । प्रजातन्त्रमा आस्था राख्नुभन्दा पनि बढी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रभावमा पार्ने ट्रम्पको चाहनाले यसो गरिएको हुन सक्छ ।

    ताओर्मिना सम्मेलनमा सहभागी भएका नेतामध्ये वातावरणसम्बन्धी पेरिस सम्झौता स्वीकार नगर्ने उनी एक मात्र नेता थिए । पेरिस सम्झौता वातावरण (जलवायु) परिवर्तन रोक्नका लागि प्रयासस्वरूप हरितगृहको प्रभाव कम गर्ने र ग्यास उत्सर्जन कम गर्नेसम्बन्धी विश्वव्यापी सम्झौता हो । यस सम्झौताबाट पछि हट्ने उद्घोष उनले किन गरे ?

    वातावरणमा खतरा उत्पन्न गराउने ग्यासको उत्सर्जन सीमित गरिँदा मानिसको मनोबल कमजोर भएर अर्थतन्त्रमा ठूलो गिरावट आउने दाबी गरिँदै आएको छ । उत्सर्जन गर्ने गतिलो कडीका रूपमा लिइएको नवीकरणीय ऊर्जा प्रविधिको विकासले कोइला उद्योगलाई टक्कर दिँदै आएको छ । उत्सर्जन नगर्ने प्रविधि पनि विगत केही वर्ष अघिको तुलनामा व्यापक सस्तो भएकाले कोइला उद्योगमा संक्रमण बढाएको छ ।

    कोइलाखानी क्षेत्रमा आएको यस्तो संक्रमणले कोइलाखानीको रोजगारीमा व्यापक कमी आउने कुरा निश्चित हो । तसर्थ कोइलाखानीमा काम गर्ने मानिसका लागि नयाँ रोजगारीका साथै सहयोग गर्नुपर्ने आवश्यक देखिन्छ । तर, कोइलाखानीबाट विस्थापित हुनेलाई ट्रम्पको कुनै सहयोग समर्थन देखिँदैन । उनी सो क्षेत्रका रोजगारी फिर्ता हुने मात्र रटान लगाइरहेका छन् । यस्तो रटान पनि लामो समय टिक्ने देखिँदैन । यसको परिणाम पनि केही वर्षमा नै प्राप्त हुन्छ । उनले जस्तोसुकै कदम चाले पनि कोइलाखानीबाट गुमेको रोजगारी फिर्ता हुने देखिँदैन । यदि पेरिस सम्झौतामा कटिबद्ध भएर काम गरे उनको ‘फन्टासी’ पनि लामो समय रहँदैन, सत्य साबित हुन पनि सक्छ ।

    विश्वकै सर्वाधिक प्रभावशाली मानिने अमेरिकी राष्ट्रपतिले सम्पूर्ण पृथ्वी ग्रहकै भविष्य संकटपूर्ण बनाएका छन् । जसको प्रभाव चाँडै बाहिर आउँछ । उनी राजनीतिक सुविधाजनक सन्धि–सम्झौताका मात्र कुरा गर्छन् । यदि तपाइँलाई यो कुरा विश्वास लाग्दैन भने तपाइँले अघिल्लो महिनाका समाचार पढ्न छुटाएको हुनुपर्छ (विगतमा सार्वजनिक भएका ट्रम्पका धारणाले व्यक्त गर्छन्) । सायद, अब फेरि ट्रम्पले पेरिस–सम्झौतालाई कार्यान्वयन गर्दैनन् । यो सम्झौताबाट उनी स्थायी रूपमा बाहिरिएका हुन सक्छन् ।

    पाउल क्रुग्म्यान 

    स्रोत : द न्युयोर्क टाइम्स