ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयन गर्ने निर्णय

    1414

    नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सरकारले हालै ल्याएको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणासहितको कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । ४ फागुनमै मन्त्रिपरिषद्बाट पारित भए पनि विद्युत् प्राधिकरणको असहयोगका कारण अघि बढ्न नसकेको भन्दै ऊर्जा मन्त्रालयले आरोप लगाइरहेका बेला बुधबार बसेको बोर्ड बैठकले कार्ययोजना अघि बढाउने निर्णय गरेको हो । विद्युत् प्राधिकरणले विद्युत् मागको प्रक्षेपणलाई आधार बनाउँदै थप विद्युत् खरिद सम्झौता (पीपीए) लगायत

    नगर्नेलगायतका कारण देखाउँदै कार्ययोजना सबै कार्यान्वयन गर्न नसकिने बताउँदै आएको थियो । बैठकले कार्ययोजना अघि बढाउन सैद्धान्तिक स्वीकृति दिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए । ‘समग्र कार्ययोजनालाई कार्यान्वयनमा लैजाने गरी प्राधिकरण बोर्डले निर्णय गरेको छ,’ उनले भने ।

    बैठकले पीपीएमा प्रतिस्पर्धा गरी सोलारमार्फत जलविद्युत् उत्पादनका लागि प्रतिस्पर्धा गर्ने, लाइसेन्सिङका लागि गाविसबाट सिफारिस ल्याउने व्यवस्था हटाउने लगायतका निर्णय पनि गरेको छ ।

    स्रोत : राजधानी