कुलमान भन्छन् ः यो वर्ष सेयरमा लगानी वर्षकै रुपमा मनाउँदैछौं

    2737
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जनातालाई सेयर दिने गरी तीन खर्ब रुपैयाँभन्दा बढी लागत भएका जलविद्युत आयोजना निर्माण अगाडि बढाउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत सेयर सुनिश्चित हुने गरी १८ सय मेगावाटका आयोजना तत्काल अगाडि बढाउन लागिएको जानकारी दिए । ती आयोजना निर्माणका लागि छिट्टै टेण्डर आहन गरिने उनले बताए ।
    मध्य भोटेकोसी जलविद्युत आयोजनाको सेयर निश्कासनबारो जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले यो वर्ष सेयर वर्षका रुपमा मनाउन लागिएको जानकारी दिए ।
    ‘८३० मेगावाटको माथिल्लो अरुण (लागत एक खर्ब १५ अर्ब रुपैयाँ) दुधकोसी, तामाकोसी पाँचौ लगायतका आयोजनामा लगानी हुने इक्विटीको ४९ प्रतिशतमा जनताको लगानी सुनिश्चित गरिने छ’,घिसिङले भने ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले स्वेतपत्रमार्फत ती आयोजना जनताको लगानीमा बनाउने घोषणा गरेका छन् ।
    ‘विश्व बैक, एसियाली विकास बैक पनि यो मोडलमा लगानी गर्न तयार भएकाले उनीहरुबाट लिने ऋण सस्तो हुँदा कस्ट अफ फण्ड कम हुँदा आयोजना पनि सस्तो पर्छ ।’
    माथिल्लो तामाकोसी, चिलिमेको अगुवाईमा निर्माण भइरहेका तीन चार आयोजनामा एक खर्बभन्दा इक्विटी र ऋण स्वदेशी लगानीबाट भएको उल्लेख गर्दै घिसिङले यसबाट जलविद्युत आयोजना निर्माणमा स्वदेशी लगानी जुटाउन सकिने पुष्टी भएको बताए । ‘२२ मेगावाटको चिलिमेले २७० मेगावाटका आयोजना अगाडि बढाउन सफल भएको छ, ४५६ मेगावाटको आयोजना सम्पन्न भएपछि हजारौं मेगावाटका आयोजनामा पुर्नलगानी गर्न सकिन्छ’,उनले भने ।
    मध्य भोटेकोसीको सेयर आउँदै 
    नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको मुख्य प्रवर्धकत्वमा स्थापित मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारण सेयर निश्कासन गर्ने भएको छ ।
    कम्पनीको अधिकृत पूँजी रु. ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु. ६ अर्ब रहेको छ । निर्माणाधीन यस आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण संझौता हुँदाका बखत निर्माण अवधिको ब्याजबाहेक रु.१२ अर्ब २८ करोड रहेको थियो ।  हाल यस आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु.१४ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको थियो । ५० प्रतिशत ऋणका लागि कर्मचारी संचयकोषसंग ऋण सम्झौता भएको छ । संस्थापक समूहबाट कबोल भएको शेयर रकम रु. ३ अर्ब ६ करोड चुक्ता भइसकेको छ ।
    कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक शेयरधनीहरु (नेपाल विद्युत प्राधिकरण–१०%, चिलिमे जलविद्युत कम्पनी लिमिटेड–३७%, सिन्धुपाल्चोक हाइड्रोपावर कं. लि.–१%, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि.–१%, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.–१% र सिन्धु भोटेकोशी हाइड्रोपावर लि.–१%) रहेको छ भने ४९% सर्वसाधारण शेयरधनी समुह (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी– १९.५%, संस्थापक संगठित संस्थाका कर्मचारी–३.५%, ऋणदाता संस्थाका कर्मचारी–१%, सिन्धुपाल्चोक जिल्लाका स्थानीय–१०% र सर्वसाधारण–१५%) का लागि छुट्याइएको छ ।
    यसरी सर्वसाधारण समुहका लागि छुट्याइएको शेयरको निष्काशन तथा विक्री वितरण गर्न ग्लोबल आई.एम.ई. क्यापिल लि.लाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल लि., एनआईबिएल एस. क्यापिटल लि., लक्ष्मी क्यापिटल मार्केट लि., सिभिल क्यापिटल मार्केट लि., सानिमा क्यापिटल लि. र सिबिआएल क्यापिटल लि.लाई सह–निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
    हाल पहिलो चरणमा रु.१०० रुपैयाँ अंकित दरका १ करोड ४४ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०७५।०६।२९ मा विवरणपत्र स्वीकृत भएको छ । जसमा  कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ता कर्मचारीका लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता निष्काशन गर्न लागिएको हो ।
    यस कम्पनी र कर्मचारी सञ्चय कोषबीच मिति २०६८ मंसिर २२ गते ऋण सम्झौता भएको र सोही सम्झौतामा उल्लेख भएबमोजिम उक्त मिति २०६८।०८।२२ मा बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको मिति २०७५ आश्विन २९ सम्ममा थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले यस चरणको शेयर निष्काशनमा आवेदन दिन सक्नेछन् । यसरी आवेदन दिंदा सञ्चयकर्ताहरुले २८ कात्र्तिक–१४ मंसिर २०७५ सम्म र संस्थापक संगठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले १८–२६ मंसिर २०७५ सम्म आवेदन दिन सकिनेगरी मिति २०७५।०७।१५ गतेका दिन यसको आव्हान पत्र प्रकाशन गर्ने कम्पनीको योजना रहेको
    छ । शेयरको लागि यसरी आवेदन दिंदा कर्मचारी संचय कोषका संचयकर्ताहरु र संस्थापक संस्थाका कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् भने कर्मचारी संचय कोषका कर्मचारीले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम् १२०० कित्तासम्मको लागि शेयरमा आवेदन दिन सक्नेछन् ।
    दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाबासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गर्ने योजना रहेको छ । यस आयोजनाको अद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याजबाहेक रु.१४ अर्ब ८३ करोड ९२ लाख रहेकोमा २०७५ आश्विन मसान्तसम्म ब्याजबाहेक रु.५ अर्व ९१ करोड ६४ लाख खर्च भई कूल वित्तीय प्रगतिभार ३९.९०% रहेको छ ।आयोजना निर्माणको लागत अनुमान तयार पारेको समयमा भन्दा हाल विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, महाभूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारणले निर्माण प्रभावित हुँदा आयोजना सम्पन्न गर्ने अवधि बढ्न गई ऋणको ब्याज बढ्न जाने जस्ता कारणहरुले गर्दा आयोजनाको लागत केही बढ्न जाने अनुमान गरिएको छ ।
    आयोजना निर्माण कार्यको हालको अवस्था
    मध्य भोटेकोशी जलविद्युत आयोजना जुरे पहिरो, महाभूकम्प, नाकावन्दी एवं विनाशकारी बाढीको कारणले निर्माण कार्यमा केही ढिलाई भएको छ । हाल सम्म हेडवक्र्स (बाध स्थल) मा खन्ने कार्यसम्पन्न गरी मुख्य बाँध निर्माण गर्न रिभर डाइभर्सन को कार्य गरेको छ । ७१२६ मि.लामो मुख्य शुरुङ्ग मध्ये ४०६० मि. शुरुङ्ग खन्ने कार्य सम्पन्न भइसकेको छ भने बाँकी कार्य पनि चार फेसबाट भइरहेको छ । विद्युत गृहको खन्ने कार्यसम्पन्न गरी कक्रिटिंग गर्ने काम भइरहेको छ ।
    ४ कि.मि. लामो द्दद्दण्पखको प्रसारण लाइन को ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । ठेकेदार कम्पनीले अहिले प्रसारण लाइनको सर्वे सम्पन्न गरी रिपोर्ट पेश गरिसकेको छ ।
    आयोजनाले १६ असार २०७६ देखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । हालसम्म आयोजनाको समग्र निर्माण कार्य प्रगति करिब ४२ प्रतिशत रहेको छ । आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।