इप्पानमा नयाँ नेतृत्वको लागि पहिलो पटक चुनाव हुँदै

1878

आचार्य र अधिकारीको नेतृत्वमा समूह

असार १२, २०७७

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी असार १५ गते हुने निर्वाचनका लागि प्यानलनै बनाएर दुई समूह चुनावमा उत्रिने भएका छन् ।

जलविद्युत् प्रवद्र्धकहरु कृष्ण आचार्य र सूर्य अधिकारीले आ–आफ्नै समूह बनाएर चुनावमा उत्रिन लागेका हुन् । पाँचौ कार्यकालसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुँदै आएको इप्पानमा नयाँ नेतृत्वको लागि पहिलो पटक चुनाव हुन लागेको हो ।

इप्पानको नेतृत्वका लागि संस्थापन पक्षबाट भन्दै आचार्य पक्ष र सो पक्षलाई टक्कर दिँदै अधिकारी पक्ष चुनावमा उत्रन लागेको हो । अधिकारी पक्षले बिहीबार आफ्नो टिम घोषणा गर्दै संस्थापन पक्षले सबै जलविद्युत् प्रवद्र्धकहरुको आवाजलाई सशक्त रुपमा उठाउन नसकेकाले आफूहरु टिम बनाएर जानुपरेको बताएको छ ।

१५ कार्यसमिति सदस्य चयन हुने इप्पानको चुनावका लागि आज (शुक्रबार) उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । इप्पानका अनुसार, एशोसियट समेत २५० जना सदस्य रहेकोमा मताधिकार भने १ सय ७४ जनाको छ ।

आचार्यको समूहतर्फ तीन उपाध्यक्ष कुमार पाण्डे, आशिष गर्ग र गणेश कार्की छन् भने महासचिवमा मोहन डाँगी तथा सचिवहरुमा रामप्रसाद आचार्य, हिम पाठक र आनन्द चौधरी छन् । कोषाध्यक्ष सुधीर तिमल्सिना रहेको सो समूहको सदस्यहरुमा नरेन्द्र बल्लभ पन्त, भरत खड्का, प्रतिक प्रधान, कविता कँडेल र इन्दिरा पन्त छन् ।

अधिकारीको समूहको तीन उपाध्यक्षहरुमा उपाध्यक्षहरू अर्जुनप्रसाद गौतम, उत्तम ब्लोन र भरत खत्री तथा महासचिव गोरे शेर्पा छन् । सचिवहरूमा भरत लामिछाने थापा, मोहनविक्रम कार्की र प्रकाश दुलाल तथा कोषाध्यक्ष बलराम खतिवडा छन् । यसैगरी, सदस्यहरूमा मिथुन पौडेल, सुमनकुमारी जोशी, विक्रम विष्ट, जितमान शेर्पा, अविज्ञा मल्ल र केसाङ डिकी लामा छन् ।

इप्पान कार्यसमिति पाँचौं कार्यकालसम्म सर्वसम्मतले नेतृत्व तथा कार्यसमिति चयन हुँदै आएको थियो । छैटौं कार्यकालका लागि पनि सहमतिको प्रयास गरिएको थियो । तर, संस्थापन पक्ष आफ्नै स्वार्थ अनुसार अगाडि बढेपछि बाध्य भएर नयाँ प्यानल बनाउनु परेको अध्यक्षका प्रत्यासी अधिकारीले बताए ।

स्रोत:कारोबार