PPA approved for seven projects

    1657

    Nepal Electricity Authority  approved 7 developers Hydropower Project, Power Purchases Agreement (PPA) with gross capacity of 62 MW on 19th July,2014.

    Sno Project Developer Capacity
    1. Durbang Myagdi Khola Dhaulagiri Kalika Hydropower P Ltd 25 MW
    2. Upper Khorang khola Tehrathum Power Company 7.5 MW
    3. Rudi Khola-B Hydropower Project Bindhyabasini Hydropower Development Co. Pvt Ltd 6.6 MW
    4 Lower Hewa khola Ludi Hydropower Development Company 21.5 MW
    5 Ludi Sana khola Asmita Hydropower Company 750 kW
    6 Open River Tocardo Mountain Hydro Nepal 400 kW
    7 Pakharakhola Pakharakhola Hydropower Company 980 kW

    काठमाडौं, ३ साउन- नेपाल विद्युत् प्राधिकरणले ६२ मेगावाट क्षमताका ७ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए) स्वीकृत गरेको छ । शनिबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले सञ्चालक सन्तोषनारायण श्रेष्ठको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पीपीए स्वीकृत गरेको हो । पीपीए स्वीकृतिपछि लगानी जुटाउन र विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिन प्रवद्र्धकलाई बाटो खुलेको छ ।
    २५ मेगावाटको दरबाङ म्याग्दी, ७.५ मेगावाटको माथिल्लो खोरङखोला, ६.६ मेगावाटको रुदीखोला, २१.६ मेगावाटको तल्लो हेवाखोला, ७ सय ५० किलोवाटको लुदी सानाखोला, ४ सय किलोवाटको ओपन रिभर टाकार्डो र ९ सय ८० किलोवाटको पाखरखोला आयोजनाको पीपीए भएको हो । यी आयोजनाका प्रवद्र्धक क्रमशः धौलागिरि कालिका हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, लुदी हाइड्रोपावर डेभलपमेन्ट, अस्मिता हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल र पाखरखोला जलविद्युत् कम्पनी हुन् ।
    विद्युत् प्राधिकरणले हालसम्म १ सय ६० प्रवद्र्धकसँग २ हजार ५८ मेगावाट पीपीए गरेको छ । साथै, सय किलोवाटभन्दा साना सोलार प्लान्टसँग पनि कार्यविधि बनाएर पीपीए गर्ने निर्णय बैठकले गरेको छ ।
    सञ्चालक समिति बैठक समयमा नबस्दा यी आयोजनाको पीपीए रोकिएको थियो । कार्यकारी निर्देशकले पीपीए स्वीकृत गरेर सञ्चालक समितिलाई जानकारी गराएमात्र हुने प्रावधानलाई परिवर्तन गरी अब समिति बैठकले पीपीए स्वीकृत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
    २५ मेगावाटसम्मका आयोजनाका प्रवद्र्धकसँग विद्युत् प्राधिकरणले एउटै दरमा पीपीए गर्दै आएको छ । वर्षात्को ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए हुने गरेको छ । तीभन्दा ठूला आयोजनाका प्रवद्र्धकसँग आपसी सौदाबाजीमा पीपीए हँुदै आएको छ ।
    ५ वर्षपछि वर्षात्मा विद्युत् खेर जाने भन्दै नयाँ आयोजनासँग पीपीए गरिएको छैन । विद्युत् जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) र वार्ता भई दर निर्धारण गरेका आयोजनासँग मात्र प्राधिकरणले पीपीए गरेको छ । वर्षात्को बिजुली नकिन्ने सर्तमा मात्र प्राधिकरणले पीपीए गर्ने प्रवद्र्धकले बताएका छन् ।
    ०७४ सालपछि प्रसारण प्रणालीमा वर्षात्मा ७ सय ७५ मेगावाट बिजुली बढी भई अर्बौं रुपैयाँ आर्थिक नोक्सान हुने तर हिउँदमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । हजार मेगावाटभन्दा बढी क्षमताका ३ दर्जन आयोजना पीपीएको पर्खाइमा छन् ।
    विद्युत् प्राधिकरणले साढे ७ सय मेगावाट क्षमताका २० आयोजनासँग विद्युत् जडान सम्झौता गरेको छ । पीपीए गरेका सबै आयोजना निर्धारित समयमा सम्पन्न भए सन् २०१६ सम्म जडित क्षमता बढेर १ हजार ७ सय मेगावाट पुग्नेछ । सबै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका भएकाले वर्षात्मा १ हजार ७ सय मेगावाट विद्युत् उत्पादन भए पनि सुख्खायाममा नदीको जलस्तर घटेपछि करिब ८ सय मेगावाटमात्र उत्पादन हुन्छ ।
    ९ आयोजनाको पीपीए खारेज
    तोकिएको समयमा आयोजना बनाउन लगानी जुटाउन नसकेको भन्दै विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताका ९ आयोजनाका प्रवद्र्धकसँग विभिन्न मितिमा भएको पीपीए खारेज गरेको छ । १० मेगावाटको लाङटाङखोला, १४ मेगावाटको माथिल्लो मोदी, ७ सय किलोवाटको लड्कुखोला, ५ मेगावाटको दरमखोला, ४.५ मेगावाटको तल्लो न्यादी, ५ सय ८० किलोवाटको गोल्मागाड, ४ सय ६५ किलोवाटको सेतीखोला, ३.५ मेगावाटको मध्यगडिगाड र ९ सय ९५ किलोवाटको माथिल्लो जुम्दी आयोजनाको पीपीए खारेज भएको हो ।

    शनिबार पीपीए स्वीकृत भएका आयोजना
    आयोजना क्षमता प्रवद्र्धक
    दरबाङ म्याग्दी २५ मेगावाट धौलागिरि कालिका हाइड्रोपावर
    माथिल्लो खोरङखोला ७.५ मेगावाट तेह्रथुम पावर कम्पनी
    रुदीखोला ६.६ मेगावाट विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
    तल्लो हेवाखोला २१.६ मेगावाट लुदी हाइड्रोपावर डेभलपमेन्ट
    लुदी सानाखोला ७ सय ५० किलोवाट अस्मिता हाइड्रोपावर कम्पनी
    ओपन रिभर टाकार्डो ४ सय किलोवाट माउन्टेन हाइड्रो नेपाल
    पाखरखोला ९ सय ८० किलोवाट पाखरखोला जलविद्युत् कम्पनी

    Source : Karobar Daily