जग्गा कब्जा नगरेको माण्डु हाइड्रोपावर दाबी

    1669

    बाग्मती साना जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माणस्थलमा जबरजस्ती कसैको जग्गा कब्जा नगरेको जनाएको छ।
    कम्पनीले मकवानपुरको इपापञ्चकन्या गाविसमा निर्माण हुन लागेको २० मेगावाट क्षमताको सो आयोजनाले जिल्ला मुअब्जा निर्धारण समितिले तय गरेबमोजिम प्रतिरोपनी ३ लाख रुपियाँका दरले मुअब्जा प्रदान गर्न शुरू गरेको जनाएको छ। कम्पनीका फाइनान्सियल अफिसर सबल प्रधानका अनुसार २०७२⁄२⁄२९ मा बसेको मुअब्जा निर्धारण समितिको बैठकले निर्णय गरेबमोजिम कम्पनीले आयोजनास्थलमा पर्ने जग्गाका जग्गाधनीलाई २०७२⁄३⁄५ गते सार्वजनिक सूचना प्रकाशित गरी मुअब्जा बुझ्न आउन आ≈वान गरेको थियो।
    जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ बमोजिम कम्पनीले सबै प्रक्रिया पूरा गरी सूचना प्रकाशित गरेपछि आयोजना निर्माण हुने स्थानका जग्गाधनी जगतबहादुर घिसिङ र प्रेमबहादुर बस्नेतलगायतले मुअब्जा बुझिसकेको प्रधानले जानकारी दिनुभयो। कम्पनीले मुअब्जा बुझ्न आउन आ≈वान गरेपछि केही जग्गाधनीले मुअब्जा लिएर जानु भएको छ। तर, आयोजना निर्माणस्थलमा जग्गा पर्ने जग्गाका जग्गाधनीहरू मध्येका एकले विष्णुप्रसाद प्रजापतिले मात्रै मअब्जा लिन नआएको प्रधानको भनाइ छ।
    उहाँले मुअब्जाप्रति चित्त नबुझाएपछि सर्वोच्च अदातलमा मुद्दा दायर गर्नुभएको छ। तर, कम्पनीले कसैलाई धम्काएर जबरजस्ती जग्गा कब्जा नगरेको प्रधानको दाबी छ। उहाँले मुअब्जा निर्धारण समितिको निर्णय अनुसार जग्गाको मुअब्जा लिन जतिखेर पनि कम्पनीमा आउन सक्ने बताउनुभयो। कूल ३ अर्ब ६० करोड रुपियाँको लागतमा निर्माण हुने उक्त आयोजना सन् २०१७ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र रूपमा अगाडि बढेको प्रधानले जानकारी दिनुभयो। कूल लागतको ३० प्रतिशत प्रवद्र्धकहरूको स्वपुँजी र बाँकी ७० प्रतिशत दुई वटा बैंकले ऋण लगानीकर्ता गरेका छन्। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको उल्लेख गर्दै आयोजनाले विद्युत् उत्पादनको लाइसेन्स पनि प्राप्त गरिसकेको प्रधानले जानकारी दिनुभयो।