India urged for Project development agreement : Soon

    1208

    नयाँदिल्ली : भारतले दुई मुलुकबीचको व्यापार विकास सम्झौता(पीडीए) छिटो टुंगोलगाउन नेपालाई आग्रह गरेको छ। दुई मुलुकबीच भएको विद्युत् व्यापार सम्झौतामा आधारित रहेर भारतीय उर्जा प्रवद्र्धक र नेपाल लगानी बोर्डबीचको सम्झौता टुंगो लगाउन आग्रह गरिएको हो।

    नेपालका अर्थमन्त्री डा. रामशरण महत र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच नयाँ दिल्लीमा सोमबार भएको भेटवार्तामा भारतले यस्तो आग्रह गरेको हो ।
    भारतीय विदेशमन्त्रीले नेपालको चाहनाअनुसार नै विद्युत् व्यापार सम्झौता गरिएको उल्लेख गर्दै विद्युत् विकास सम्झौता पनि छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेको महतले अन्नपूर्णलाई जानकारी दिए।

    नेपालले आन्तरिक खपत गरेरबाँकी रहेको विद्युत् भारतले खरिद गर्ने पनि स्वराजले बताएकी थिइन्। त्यस अवसरमा महतले पनि जतिसक्दो छिटो सम्झौता गर्ने पक्षमा नेपाल पनि रहेको जानकारी गराएका थिए। करिब आधाघन्टा भएको भेटमा स्वराजले नेपालमा संविधान निर्माणको काम पनि छिटो टुंगोमा पुर्‍याउन सुझाव दिएकी थिइन्।

    ramsharan+sushma+india

    दुई मुलुकबीच भएको विद्युत् व्यापार सम्झौतामा आधारित रहेर भारतीय उर्जा प्रवद्र्धक र नेपाल लगानी बोर्डबीचको सम्झौता टुंगो लगाउन आग्रह गरिएको हो।

    सोही अवसरमा महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि नेपालमा लगानीलगायत विभिन्न विषयमा सकरात्मक वातावरण बनेको जानकारी गराएका थिए। संविधान निर्माणका क्रममा संघीयतालगायत महत्वपूर्ण र आधारभूत विषयमा नेपालले कुनै पनि हालतमा सम्झौता नगर्ने महतले स्वराजलाई जानकारी दिएका थिए।

    महतले नेपाललाई सहुलियतमा दिने ऋण एक्जिम बैंक अन्तर्गत भन्दा पनि अन्य सहज तरिकाले दिन आग्रह गरे। एक्जिम बैंकको कर्जा अनुसार भारतीय ठेकेदारमार्फत मात्र परियोजना सञ्चालन गर्न सकिन्छ। यस विषयमा भारतले पुनर्विचार गर्ने स्वराजले आस्वासन दिएको महतले बताए। यसअघि महतले भारतीय राष्ट्रिय कांग्रेसका नेता करन सिंहसँग पनि भेटवार्ता गरेका थिए।

    स्रोत: अन्नपुर्ण पोस्ट