५७.५ मेगावाटको नुप्चे–लिखुमा HIDCLले इक्विटी लगानी गर्ने

1459

फागुन १८, २०७६

काठमाडौं । भिजन इनर्जी एन्ड पावरले निर्माण गर्न लागेको ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले स्वपुँजी (इक्टिी) लगानी गर्ने भएको छ ।

एचआईडीसीएलले स्वपुँजी लगानी गर्न लागेको यो निजी क्षेत्रको यो पहिलो आयोजना हो ।आयोजनामा एचआइडिसिएलले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने छ ।

आइतबार एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छबिराज पोखरेल र कम्पनीका अध्यक्ष टिएन आचार्यले हस्ताक्षर गरेका छन् ।आयोजनाका लागि चार वर्षभित्र अर्थात् २०८० भदौ २ गते विद्युत उत्पादन गर्ने समय तोकिएको छ ।

 

स्रोत: क्यापिटल नेपाल