पर्वत, १४ असार– वर्षातसँगै मोदी खोलामा आएको बाढीले पर्वतको तिलाहार गाविस–४ स्थित तल्लो मोदी–१ जलविद्युत आयोजनाको पावर हाउस डुबानमा परेको छ ।
तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन ९ मङ्सिर २०६९ (24 November 2012)देखि शुरू गरेको हो ।
पावर हाउन डुबानमा परेपछि बुधबार राति १ बजेदेखि विद्युत उत्पादन बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उक्त आयोजनाबाट १० मेघावाट विद्युत उत्पादन हुँदै आएको थियो ।
राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाको विद्युत उत्पादन बन्द भएपछि देशब्यापी रुपमै लोडसेडिङ अवधि केही बढ्ने भएको छ ।
यस्तै बाढीले नेपाल विद्युत प्राधिकरणसहित निर्माण सम्पन्न भएका र केही निर्माणाधीन विद्युत आयोजनासमेत प्रभावित भएका छन् ।
यसैबीच पहिरोले धौलागिरि मार्गअन्तर्गत तिलाहारमा पहिरो जाँदा सडक आवागमन प्रभावित भएको छ ।
पहिरोका कारण पोखराबाट पर्वत र बागलुङ आवतजावत गर्ने यातायातका साधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।
अप्ठेरो ठाउँमा पहिरो खसेकाले डाइभर्सन गरी यातायात सुचारु गराउने प्रयास सफल हुन नसकेको जानकारी श्रेष्ठले दिए ।
Lower Modi 1Hydropower Project (10 MW)