सुनकोसी दोस्रो र तेस्रोमा लगानी गर्ने बंगलादेशको प्रस्ताव

    1160

    बंगलादेशले ११ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ । ‘पावर एण्ड इनर्जी सप्ताह’को क्रममा बंगलादेशमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसमक्ष बंगलादेशले यस्तो प्रस्ताव गरेको हो ।

    बंगलादेशका विद्युत्मन्त्री नसरुल हमिदले सुनकोसी–२ र ३ जलविद्युत् आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव गरेका थिए । बंगलादेशले ११ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ । ‘पावर एण्ड इनर्जी सप्ताह’को क्रममा बंगलादेशमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसमक्ष बंगलादेशले यस्तो प्रस्ताव गरेको हो । बंगलादेशका विद्युत्मन्त्री नसरुल हमिदले सुनकोसी–२ र ३ जलविद्युत् आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव गरेका थिए । सिन्धुलीको सुनकोसी दोस्रो  तथा काभ्रे र रामेछापको सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको हाल विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको छ । जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) र नेपाल विद्युत् प्राधिकरणले दुवै आयोजनाको सन् १९८४ मा जलाशययुक्त आयोजनाको रुपमा पहिचान गरेको थियो । सुनकोसी तेस्रोलाई भने चार वर्षअघि नेपाल विद्युत् प्राधिकरणको सहयोगमा जाइकाले गरेको अध्ययनले १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये एक आयोजनाको रुपमा छनोट गरिएको छ । राजधानीबाट ६० किलोमिटरमात्र नजिक यो आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको पनि समस्या नभएकोले यस आयोजनालाई आकर्षक आयोजनाको रुपमा लिइन्छ । हालै नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यको समझदारीअघिको दुईपक्षीय बैठकमा समेत नेपालले सुनकोसी दोस्रो र तेस्रो निर्माणका लागि बंगलादेशलाई प्रस्ताव गरेको थियो । बंगलादेशले यसबारे सकारात्मक हुँदै दुईपक्षीय लगानीमा बनाउने उल्लेख गरेपछि दुवै आयोजनामा लगानीका लागि बंगलादेश सकारात्मक देखिएको छ । दुवै देशले बनाउने उल्लेख भए पनि कुन मोडालिटीमा बनाउने भन्ने टुंगो लागिसकेको छैन ।

     माथिल्लो कर्णालीको बिजुली भारत हुँदै बंगलादेश
    भारतीय कम्पनी जीएमआरले निर्माण गर्न लागेको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली बंगलादेशले किन्ने भएको छ । जीएमआरले नेपालबाट सिधै बंगलादेशलाई विद्युत् बिक्री नगरी भारतीय कम्पनी एनपीटीसी विद्युत् निगमलाई बिक्री गर्ने र निगमले बंगलादेशलाई माथिल्लो कर्णालीलाई बिक्री गर्न लागेको हो । यसबारे केही दिनअघि निर्णय भइसकेको बंगलादेश सरकारले बंगलादेश भ्रमणमा रहेका ऊर्जामन्त्री वर्षमान पुनलाई जानकारी गराएको थियो । असोज २०७१ मा लगानी बोर्ड र जीएमआरबीच आयोजना विकास सम्झौता (पीडीए) भएकोमा दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने उल्लेख थियो । तर, एक वर्षसम्म समय थप गर्नसक्ने व्यवस्थाअनुसार त्यसपछिको एक वर्ष थप भएकोमा सो समयभित्र पनि सम्पन्न गर्न नसकेपछि एक वर्ष थपिएको थियो ।

    थपिएको समयभित्र पनि जीएमआरले लगानी व्यवस्थापन गर्न नसकेर आगामी २ असोजमा समय सकिन लागेको बेला बंगलादेश सरकारले माथिल्लो कर्णालीको बिजुली किन्ने निर्णय गरेको हो । बंगलादेशले आउँदो २२ वर्षभित्र ९ हजार मेगावाट विद्युत् खरिद गर्ने योजना राखेपनि सिधै बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्नुपर्ने कारण स्वीकृति अनिवार्य मानिएको छ । मन्त्री पुनको भ्रमणको क्रममा नेपालको अनारमणि र बंगलादेशको वन्दरगाहनजिकको बिन्दुमा ग्रिड कनेक्सनका लागि भारतसँग त्रिपक्षीय साझेदारीका लागि पहल गर्ने विषयमा समेत दुवै पक्षबीच  छलफल भएको थियो । भ्रमणकै क्रममा दुई देशबीच भएको ऊर्जा सहकार्य समझदारीलाई कार्यान्वयनका लागि गठित ऊर्जासचिव र सहसचिवस्तरीय बैठक छिट्टै काठमाडौँमा बस्ने सहमति भएपनि मिति भने टुंगो नलागेको मन्त्रालयले जनाएको छ ।

    भिम गौतम
    स्रोत: कारोबार