चमेलिया कोरिडोरमा १३३ मेगावाट क्षमताका आयोजना निर्माणमा, अपि पावरले राख्यो पहिलो नाम

    1156

     काठमाडौं–  चमेलिया तथा सेती कोरिडोरमा १३३ मेगावाट क्षमताका जलविद्युत् आयोजना विभिन्न चरणको निर्माणको क्रममा रहेको छ ।

    त्यसमध्ये सबैभन्दा पहिले निर्माण सम्पन्न भएको आयोजना भने अपि पावर कम्पनी लिमिटेडको नौगाड जलविद्युत् आयोजना नै हो ।

    अपि पावर कम्पनीले सबैभन्दा पहिले र थोरै समयमा निर्माण सम्पन्न गरेको उक्त आयोजनाले ८.५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

    नौगाड जलविद्युत् आयोजना चमेलिया कोरिडोरको पहिलो आयोजना हो । अपि पावरले नै निर्माण गरिरहेको माथिल्लो नौगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रममा पुगेको छ । सो आयोजनाको क्षमता ८ मेगावाट रहेको छ ।सो आयोजना आगामी चैतको अन्तिमसम्म निर्माण सम्पन्न हुने छ ।

    विद्युत् विकास विभागका अनुसार चमेलिया जलाधारमा १३३ मेगावाटका ४ आयोजना निर्माणका  चरणमा छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । सो आयोजनाको पहिलो युनिटबाट १५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने दोस्रो युनिटबाट भोलि बिहिबारदेखि थप १५ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।

    यस्तै सोही कोरिडोरमा ४० मेगावाट क्षमताको अप्पर चमेलिया जलविद्युत् आयोजना अध्ययनको क्रममा रहेको छ । सो आयोजना समेत अपि पावर कम्पनीले नै निर्माण गर्दैछ ।

    बलाँच–अत्तरिया १३२ केभी  क्षमताको १३१ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइसकेको छ । सो प्रसारण लाइन निर्माण भएपछि चमेलिया कोरिडोरका निर्माण भएका आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोडन सहज हुनेछ ।

    स्रोत:अर्थसंसार