सरकारले ४१ मेगावाटको संखुवाखोला आयोजना निर्माण गर्ने

    1349

    काठमाडौं । सरकारले ४१ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
    संखुवासभा र भोजपुर जिल्लामा पर्ने यो आयोनाको वातावरणीय प्रभाव मूल्याँकनको काम सुरु भएको छ । परामर्शदाता ईआरएमसी र हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड संयुक्त उपक्रमले आयोजना वातावरणीय प्रभावको मूल्याँकन थालेको हो ।

    भोजपुरको साल्पासिलिछो गाउँपालिकास्थित संखुवाखोलामा ६ मिटर अग्लो बाँध निर्माण गरी सोही गाउँपालिकाको बुमलिङ गाउँ निजिक विद्युतगृह निर्माण प्रस्ताव गरिएको छ । आयोजनाबाट संखुवासभाको सिलिचोङ गाउँपालिका प्रभावित हुने छ ।

    विकासन्युज