ढल्केबर-मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनको ट्रान्सफर्मर चार्ज

    3085

    ढल्केबर- मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनको नेपाल तर्फको सबस्टेशनमा 220/132 केभी 160 एम भि ए क्षमताको एउटा ट्रान्सफर्मर आज बेलुका जुलाइ 14, 2018 मा चार्ज भएको छ। त्यति नै क्षमताको अर्को ट्रान्स्फर्मर भोलि चार्ज गर्ने कार्यक्रम छ। चाइनिज ठेकेदार सिसिपिजी सँगको ठेक्का सेप्टेम्बर 22, 2017 मा तोडिएपछि यो सबस्टेसनको काम अन्यौलमा फँसेको थियो। यो ट्रान्सफर्मरलाई अहिले 132 केभि साइडबाट चार्ज गरिएको हो र अब उक्त प्रसारण लाइन मार्फत 220 के भि मा थप बिद्युत ल्याउन सकिनेछ र भारततर्फ पठाउन सकिने बिद्युतको परिमाण समेत बढ्ने छ।

    (स्रोत : प्रबल अधिकारी , प्रवक्ता, )