१२ सय मेगावाटको बुढीगण्डकीको काम अगाडी बढ्ने

    1734

    आगामी आवमा बुढीगण्डकी जलविद्युत् आयोजनालाई निर्माण प्रक्रिया शुरु गर्ने क्रममा राखिएको छ भने पश्चिम सेती जलविद्युत् आयोजना पनि अगाडि बढाउने लक्ष्य राखिएको छ ।

    सरकारले चालु आवमा कुल १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि स्थानीयवासीको लगत सङ्कलन अघि बढाउनुका साथै ४ सय १० मेगावाट क्षमताको  नलसिंहगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न परामर्शदाता छनोटको काम सम्पन्न गरेको छ ।

    विद्युत कटौतीलाई आठ घण्टामा सीमित गर्ने लक्ष्य राखिएको भए पनि यो वर्ष दैनिक १४ घण्टा विद्युत कटौतीको मारमा नेपाली जनता बस्न बाध्य भए । नयाँ आयोजनाको अध्ययनमा विशेष जोड दिने लक्ष्य राखिएको भए पनि त्यसतर्फ काम अगाडि बढ्न सकेन ।

    स्रोत: अभियान