स्युचाटार सवस्टेशनको कारण देशभर बिजुली आपूर्तिमा समस्या

    2889

    पुस १४, २०७३- देशभर आज (बिहीबार) विद्युत आपूर्तिमा समस्या आएको छ । दुई महिनाभन्दा बढी समयदेखि लोडसेडिङ मुक्त काठमाडौं उपत्यकासहित देशभर बिजुली आउने–जाने भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कको ‘नो लाईट’ शाखाका अनुसार प्रणालीमा आएको खराबीले बिहानैदेखि बिजुली आउने–जाने भइरहेको छ । स्युचाटार सवस्टेशनमा अाएको खराबीले विद्युत आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार समस्या हटाउन प्राविधिकहरु खटिएका छन् ।

    स्रोत:कान्तिपुर