सरकारले माग्यो जलविद्युत आयोजनाको प्रगति विवरण, काम नगर्नेको लाइसेन्स खोसिन सक्ने

    1121

    काठमाडौं । सरकारले जलविद्युत आयोजनाका प्रवद्र्धकसंग प्रगति विवरण मागेको छ । विद्युत उत्पादन अनुमतिपत्र प्राप्त आयोजना सञ्चालनमा आए वा नआएको भनी प्रगति विवरण बुझाउन विद्युत विकास विभागले भनेको छ ।

    अनुमतिपत्र (लाइसेन्स) लिएर पनि आयोजना निर्माण नगर्ने प्रवद्र्धकको लाइसेन्स खारेज गर्ने तयारी विभागको छ ।ऊर्जा मन्त्रालयले हालसम्म ४ हजार १०७ मेगावाट बिजुली उत्पादन गर्न १४५ प्रवद्र्धकलाई लाइसेन्स दिएको छ । पछिल्लो समयमा सरकारले नेपाली र कोरियाको संयुक्त लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको त्रिशुली १ जलविद्युत आयोजनाबाट विद्युत उत्पादनका लागि लाइसेन्स दिएको छ ।

    सरकारले हालसम्म ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत उत्पादन गर्न अपरतामाकोसी हाइड्रोपावर लिमिटेडलाई लाइसेन्स दिएको छ । तामाकोसीबाट आगामी वर्षदेखि बिजुली उत्पादन हुने छ । हालसम्म केन्द्रीय प्रणालीमा ९८० मेगावाट बिजुली जोडिएको छ ।

    -विकासन्युज