शुक्रबारदेखि हेवाखोला ए आयोजनाबो बिजुली राष्ट्रिय प्रणालीमा जोडिने

    1461

    काठमाडौं । शुक्रबारदेखि १५ मेगावाट क्षमताको हेवाखोला ए आयोजनाको बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणले पाँचथरको फिदिममा सवस्टेशन बनाउन ढिलाइ गरेपछि आयोजना सम्पन्न भएको १ महिनापछि मात्र आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको हो ।

    फिदिममा सवस्टेशनको काम सकिएकाले शुक्रबारदेखि हेवा आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रणालीमा जोडिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । १५ दिन परीक्षण सम्पन्न गरेपछि आयोजनाबाट व्यवसायिक रुपमा बिजुली उत्पादन हुने उनले जानकारी दिए । आयोजनाको जडित क्षमता १४.९ मेगावाट भएपनि खोलामा पानीको वहाव घटेकाले ६ मेगावटा मात्र विद्युत उत्पादन हुने अधिकारीले बताए । यसले पूर्वमा विद्युत आपूर्ति बढाउने अधिकारीको भनाइ छ ।

    आयोजना पाँचथर पावर कम्पनी प्रालिले निर्माण गरेको हो । हेवासहित चालु आर्थिक वर्ष निजी लगानीबाट साना र ठूला गरी १५ आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १४२ बिजुली थप हुने भएको छ । यी आमयोजना सम्पन्नपछि यो वर्ष जडित क्षमता ९८८ मेगावाट पुग्नेछ । चालु आवमा ९७ मेगावाट क्षमताका ५ आयोजना सम्पन्न भइसकेका छन् । अन्य आयोजना निर्माणधिन छन् ।

    ४६ मेगावाट क्षमताका १० आयोजना मात्र सम्पन्न हुन बाँकी छ । ५० मेगावाटको माथिल्लो मस्र्यागदी ए, २५ मेगावाटको मादी ए, ६ मेगावाटको दरौदी ए र १ मेगावाटको नियामखोला आयोजना सम्पन्न भइसकेका छन् ।

    असारसम्म सम्पन्न हुने अन्य आयोजनामा २.८ मेगावाटको छ्याकेखोला, ५.१ मेगावाटको माई सी, ११.२ मेगावाटको थापाखोला, ३.२ मेगावाटको गेलुनखोला, ६ सय किलोवाटको ढुंगेजिरी, ४ मेगावाटको सर्दिखोला, ७.६ मेगाावटको जोगमाई इलाम, ३ मेगावाटको मिदिम करापु, ३.७ मेगावाटको द्धारिखोला र ४ मेगावाटको पुवाखोला हुन् ।

    प्राधिकरणले यो वर्ष १७४ मेगावाट बिजुली थप हुने अनुमान गरिएकोमा १४२ मेगावाट मात्र पूरा हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको वजेटमा २ सय मेगावट बिजुली थप्ने उल्लेख गरेको छ ।

    १४४ मेगावाटको कालिगण्डी ए आयोजनापछि १५ वर्षको अन्तरालमा राष्ट्रिय प्रणालीमा यति धेरै बिजुली थप हुन लागेको हो । सरकारले चालु आवमा बजेटमा २ सय मेगावाट बिजुली थप हुने उल्लेख गरेको छ । सरकारको लक्ष्य भने पुरा नहुने भएको छ ।

    २ हजार मेगावाट क्षमताका आयोजना निर्माणधिन छन् ।

    ३८० मेगावाट अपुग

    हाल विद्युतको माग साँझ (पिकआवर) मा १ हजार २५७ मेगावाट छ । आपूर्ति भने भारतबाट समेत गरी ८७८ मेगावाट छ । माग र आपूर्तिमा ३८० मेगावाट अन्तर भएपनि आधारभूत रुपमा लोडसेडिङ हटिसकेको छ । प्राधिकरणका अनुसार विद्युत प्राधिकरणका आयोजनाबाट ३४६, निजी ऊर्जा उत्पादकबाट १८० र भारतबाट ३५२ मेगावाटसम्म बिजुली आपूर्ति भएको छ ।

    स्रोत: बाह्रखरी