प्राधिकरण टाट पल्टने चेतावनी

    2639

    काठमाडौं, कात्तिक १६ – सरकारले कार्यान्वयनमा ल्याएको लोडसेडिङ न्यूनीकरण कार्ययोजनाका प्रावधानहरु अन्धाधुन्द लागु गर्दा विद्युत प्राधिकरण आर्थिक रुपमा टाट पल्टने चेतावनी प्राधिकरणका कर्मचारीले दिएका छन्।
    विद्युत प्राधिकरण कर्मचारी युनियनले यो कार्ययोजनाले भारतबाट आयात गर्ने दुईसय मेगावाट बिजुली, डिजेल प्लान्ट सञ्चालन गर्ने व्यवस्थाबाट विद्युत प्राधिकरण घाटामा जान बाध्य गराउने जनाएको छ। प्राधिकरण कर्मचारीले बुधबार विज्ञप्ति प्रकाशित गर्दै भारतबाट आयात हुने बिजुली, थर्मलप्लान्टबाट हुने घाटा पूर्ति गर्न सरकारले अग्रीम रुपमा रकम उपलव्ध गराउनुपर्ने माग गरेका छन्।
    थर्मलप्लान्ट सञ्चालन र भारतबाट बिजुली आयात गर्ने विषयले दीर्घकालीन रुपमा समस्या समाधान नगर्ने उल्लेख गर्दै युनियनले प्राधिकरणको पुनरसंचरना, चिनी मिलसँग बिजुली किन्ने जस्तो सस्ता र प्रभाविन कार्यक्रमभन्दा प्रभावकारी कार्यक्रम ल्याउन माग गरेका छन्। युनियनले लोडसेडिङ हटाउन माथिल्लो अरुणजस्ता आयोजना बनाउने जिम्मेवारी प्राधिकरणलाई दिनसमेत माग गरेको छ।

     

     

     

    प्रस्तुति: नागरिक