एलईडी चिम खरिद रोक्न परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

    1097

    काठमाडौं । सर्वोच्च अदालतले भारतबाट २ करोड थान एलईडी बिजुली चिम खरिद रोक्नका लागि अस्वीका गरेको छ । सरकारले सार्वजनिक खरिद ऐन विपरीत एलइडी बल्ब खरिद गर्न लागेको जिकिर गर्दे परेको रिटको शुक्रबार प्रारम्भीक सुनुवाई गर्दे विषयमा तत्काल अन्तरिम आदेश दिन आवश्यक नभएको ठहर गरेको हो ।

    अधिवक्ता नारायण चौलागाई र लेखनाथ भट्टराईले एईडी चिम खरिद रोक्नका लागि तत्काल अन्तरिम आदेश माग गर्दै निवेदन हालेका थिए । सर्बाेच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले शुक्रबार तत्काल अन्तरिम आदेश दिन आवश्यक नभएको ठहर गरेको हो । परेको रिट निवेदनको बारेमा एक सातापछि शुक्रबार छलफल गरेर टुङ्गो लगाउने अदालतले भनेको छ ।

    सर्वोच्चले एलईडी खरिदको विषयमा कारण देखाउन सरकारलाई आदेश दिएको छ । विद्युत प्राधिकरणले २ सय मेगावाट बिजुली खपत घटाउन र ऊर्जा दक्षता बढाउने ९ वाट क्षमताका २ करोड थान एलईडी चिम भारत सरकारको इनर्जी इफिसिन्स सर्भिसेज लिमिटेडबाट खरिद गर्ने निर्णय गरेको छ ।

    स्रोत:बाह्रखरी