उर्जामन्त्रीले जनताको गुनासा प्रत्यक्ष सुन्ने

    1425

    जनताका गुनासा तथा समस्या सुनी सम्बोधन गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आजबाट हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्नुहुने भएको छ ।  मन्त्रालय र मातहतका नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर सेवालाई प्रभावकारी बनाउन कार्यक्रम सुरु गर्न लागेको मन्त्री पुनको दावी छ । विद्युतीकरणमा देखिएका समस्या समाधान गर्दै गुणस्तरीय सेवा विस्तार गर्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा रहेको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले  बताउनुभयो ।
    मन्त्री पुनसँग हटलाइन नम्बर ११५१ र ०१–४२००६४१ र ४२ मा मध्यान्न १२ देखि एक घण्टा कुराकानी गर्न सकिनेछ । जनसरोकारका ती गुनासा सम्बोधनका लागि तत्काल पहल हुने मन्त्री पुनको भनाई छ । यो सेवाको थालनीसँगै विद्युतीकरणमा देखिएका समस्या समाधान गर्दै गुणस्तरीय सेवा विस्तार गर्नका लागि जनतासँग प्रत्यक्ष जोडिन सकिने मन्त्रालयले जनाएको छ ।

    -कान्तिपुर