कुलमानले भने : माथिल्लो त्रिशूली–१ को हालसम्मकै राम्रो पीपीए

    1268

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवद्र्धक प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालीसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिकोे बुधबारको ७६५ औं बैठकले सरकारले तोकेको दरमा कम्पनीसँग पीपीए गर्ने निर्णय गरेको हो ।

    राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो त्रिशूली–१ जलविद्युतसँगके पीपीए अहिलेसम्म डलरमा पीपीए गरिएका आयोजनाकाभन्दा राम्रो रहेको बताए । ‘पीपीए दरमा बार्ता गरिएको छैन, स्वदेशी लगानीकर्तालाई दिएकै सुविधा कम्पनीलाई दिइएको छ, १० वर्षपछिको अमेरिकी सटही जोखिम शत् प्रतिशत कम्पनीले लिएको छ’,उनले भने,‘अहिले पीपीएको औसदर दर ६ अमेरिकी सेन्ट हुन्छ, त्यसपछि आठ वटा वटा
    साधारण स्कालेसन दिंदा १३ वर्षपछि प्रति युनिट दर साढे सात रुपैयाँभन्दा बढ्दैन, यो प्राधिकरणका लागि सबैभन्दा सुरक्षित पीपीए हो ।’ उनले बाहिर प्रचार भएजस्तो माथिल्लो त्रिशूली–१े डलरमा पीपीए नभएको दावी गरे ।

    आयोजनामा कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाली लगानीकर्ताको लगानी रहनेछ । ऊर्जा मन्त्रालय र कम्पनीबीच १४ पुस २०७३मा  आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । सरकारले २०७२को माघमा राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणापत्र–२०७२मार्फत विदेशी परिवत्र्य मुद्रामा गरिने आयोजनाका लागि गरेको व्यवस्था, सोही अनुसार ऊर्जा मन्त्रालयको सिफारिसका आधारमा प्राधिकरणले कार्यान्वयनमा ल्याएको निर्देशिकामा भएको व्यवस्था अनुसार नै माथिल्लो त्रिशूली–१सँग पीपीए गर्न लागिएको प्राधिकरणले जनाएको छ । कम्पनीले परफरमेन्स ग्यारेन्टीबापत रु २१ करोड ६० लाख बुझाएपछि पीपीएमा हस्ताक्षर हुने छ ।

    प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनास“ग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुत्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति लिएको छ । माथिल्लो त्रिशूली–१सँग अधितकम दश वर्ष वा व्यवसायीक विद्युत उत्पादन सुरु दिन (सिओडी) देखि ऋण चुत्ता अवधि (पे–व्याक पिरियड) जुन अघि हुन्छ सोही अवधिसम्मका लागि मात्रै डलरमा पीपीए हुने छ । उक्त अवधि सकिएपछि बा“की पीपीए अवधिभर सबै रकम नेपाली रुपैया“मा भुत्तानी हुने व्यवस्था गरिएकोे छ । पीपीए गरिने दिनका लागि नेपाल राष्ट्र बैकले तोकेको डलरको सटही मूल्यलाई  स्थिर राखिने छ ।

    प्राधिकरणले आयोजनाको विद्युत  सुक्खायाम र वर्षायामको क्रमश ः रु ८.४० र ४.८० प्रति युनिट दरमा किन्ने छ । तर आयोजना सम्पन्न हुँदा रिटर्न अन इक्विटी १७ प्रतिशतभन्दा बढी रहेको पाइएमा उक्त विद्युत खरिद दर सोही अनुसार कम गरिने छ । रन अफ रिभर आयोजनाका लागि १६ मंसिरबाट १५ जेठसम्मको अवधिलाई शुख्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मको अवधिलाई वर्षायाम कायम गरिएको छ ।

    विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । त्यस्ता आयोजनामा स्वपूजि (इक्विटी)को अंश न्यूनतम २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ ।

    स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली–१लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यबृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ । घिसिङले राजधानीबाट नजिक रहकाले आयोजना प्राधिकरणका लागि आवश्यक रहेको बताए । ‘वार्षिक कूल ऊर्जाको करिव ३९ प्रतिशत हिउँदामा उत्पादन हुने भएकाले लोड व्यवस्थापनका लागि आयोजना प्राधिकरणका लागि आवश्यक छ’,उनले जिकिर गरे । आयोजना ६ महिना पूर्ण क्षमता (२१६ मेगावाट)मै चल्ने कम्पनीले जनाएको छ । आयोजनाको वार्षिक कूल १५ अर्ब ३३ करोड युनिट विद्युतमध्ये हिउँदमा  ५९ करोड ८० लाख युनिट उत्पादन हुने कम्पनीले जानकारी दिएको छ ।

    माथिल्लो त्रिसूली–१सँग डलरमा पिपिए गर्दा विदेशी मुद्रा  विनिमय जोखिम बेहोर्न एक कोष स्थापना गरिने छ । नेपाली मुद्रा अवमूल्यनका कारण प्राधिकरणलाई अतिरिक्त व्ययभार परी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम न्यूनिकरण गर्न ‘हेजिङ फण्ड’ स्थापना गरिने छ । नेपाल राष्ट्र बैकले ‘हेजिङ फण्ड’को स्थापना, संचालन र नियमनको ढांचा तयार गर्ने छ । हेजिङ लागत÷प्रिमियम नेपाल सरकार, प्राधिकरण र प्रवद्र्धकले संयुक्तरुपमा व्यहोर्ने छन् । फण्ड स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले बताए । यसभन्दा अघि नेपाल विद्युत प्राधिकरणले खिम्ती (६० मेगावाट), माथिल्लो भोटेकोसी (४५ मेगावाट, तल्लो सोलु (८२मेगावाट), माथिल्लो मस्र्याङदी ए (५० मेगावाट), कोबेली ए (३७.६ मेगावाट) र रसुवा–भोटेकोसी (१२० मेगावाट)जलविद्युत आयोजनाहरुका लागि अमेरिकी डलरमा भुक्तानी गर्ने गरी पीपीए गरेको छ । उक्त आयोजनाहरुमध्ये सञ्चालनमा आइसकेका खिम्ती, भोटेकासी र माथिल्लो मस्र्याङदी एको हालको
    पीपीए दर प्रति युनिट क्रमश ः रु १०.९५,११.१६ र७.३५ रहेको छ । खिम्तीको रोयल्टी समेत प्राधिकरणले तिर्दे आएको छ ।

    उक्त रकम गत आर्थिक वर्ष ०७३÷७४मा रु ५४ करोड ५० लाख ८६ हजार रहेको थियो । त्यसैगरी, निर्माणधीन अवस्थाको तल्लो सोलुको पीपीए दर प्रतियुनिट वर्षायाम र शुख्खायाममा क्रमश ः रु ४.८० र ८.४० रहेको छ भने बील रकमको ५५
    प्रतिशत डलरमा र ४५ प्रतिशत नेपाली मुद्रामा भुक्तनी गर्नु पर्ने व्यवस्था छ ।  काबेली ए जलविद्युतको आयोजनाको हकमा पीपीए दर प्रति युनिट ६.२९८५ अमेरिकी सेन्ट रहेको छ भने भुक्तानी हुँदा विदेशी मुद्रा र नेपाली मुद्राको अनुपात ६०ः४० कायम गरिएको छ । रसुवा भोटेकासीको पीपीए दर भने माथिल्लो त्रिशूली–१को जस्तै रहेको छ ।