ऊर्जा मन्त्रीले भने ः जलविद्युतका बिचौलियालाई पहुँच दिन्न

    1408

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जलविद्युत क्षेत्रका बिचौलियालाई पहुँच नदिने प्रतिबद्धता जनाएका छन् ।

    मन्त्रालयमा पत्रकारसँगको अन्तक्रियामा मन्त्री पुनले जलविद्युत क्षेत्रका वास्तविक लगानीकर्तालाई प्रोत्साहन गर्ने निती सरकारले लिने बताए । ‘जलविद्युत क्षेत्रमा झोलामा खोला भन्ने बुझाई छ, अहिले गरिएका केही  प्रशासनिक सुधारले यो बुझाईमा कमी हुँदै गएको छ, यस्तो प्रवृतिलाई अन्त्य गर्ने छौं’,उनले भने,‘निजी क्षेत्रका सक्षम लगानीकर्तालाई उदारतापूर्वक स्वागत गर्छौं भने जलविद्युत लाइसेन्स होल्ड गर्न चाहनेलाई नियन्त्रण गरिने छ ।’ दीगो र विश्वसनीय ऊर्जा विकासको नितीअनुसार अगाडि बढ्ने उल्लेख गर्दै मन्त्री पुनले ऊर्जाको प्रयोगलाई विविधीकरण गर्ने र मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउनेतर्फ आपूm केन्द्रीत हुने बताए । उनले सबै घर परिवारमा उज्यालो पु।्याउने र त्यसलाई उत्पादनशीलतासँग cजाड्ने योजना रहेको सुनाए । ‘जलस्रोतको दीगो विकास र राष्ट्रियहितलाई ध्यान दिएर त्यसको प्रयोग गर्ने गरि काम गर्ने छौं’उनले भने,‘जलाशययुक्तआयोजनाको निर्माण प्राथमिकतामा पर्ने छ ।’