बुढीगण्डकी जलविधुत परियोजना- कार्यायोजनाको जटिलता र समाधान

1885

राजु श्रेष्ठ

बिदुर गौतम

परियोजनाबाट उत्पादित बिजुली कसरि सस्तो बनाउने ?

परियोजनाको पुनसंरचना गरेर  (जस्तै बाधको प्रकार परिबर्तन गरेर , बाधको उचाईं घटाएर ) परियोजनाको लागत घटाउन  सकिन्छl सस्तो परियोजनाले स्वाभाविक रुपमा सस्तो बिजुली दिन सक्छl उदारणको लागि परियोजना को बाँधको उचाई २० मी घटाउँदा बाँध निर्माण गर्नेक्रममा हुने खर्च कम हुनु को साथ साथै करिब २५ हजार रोपनी जग्गा थोरै अधिकरण गर्नु पर्न देखिन्छl त्यसैगरी हाल प्रस्तावित RCC Double-Arch Dam को सट्टामा Rock Filled Dam को विकल्पमा पनि पर्याप्त अध्ययन गरि सबै भन्दा अनुकुल (Optimized) हुने गरि DPR चरणमा नै डीजाईन भएको अवस्थामा सबैभन्दा कम लागतमा धेरै प्रतिफल परियोजना बन्ने थियो l तर सो नहुँदा अहिले फेरी ती अध्ययनहरु गर्दा  थप खर्च र धेरै समय लाग्ने देखिन्छl यसरि परियोजनाको  खर्च घटाउन सम्भब भए पनि त्यो बचत सामान्यमात्र हुन सक्छ जसले गर्दा   परियोजनाबाट सस्तोमा बिजुली उत्पादन गरेर शेयरहोल्डरलाई राम्रो प्रतिफल दिन सम्भब हुँदैन l

हालको स्थितिमा सबैभन्दा बढी उपयुक्त तरिका यही परियोजनामा धेरै थप खर्च नगरी धेरै भन्दा धेरै उर्जा उत्पादन गरि बिक्रि गरि  परियोजनालाई वित्तिय रुपमा संभाव्य  बनाउनु हो l  यो जलासययुक्त परियोजना भएको हुनाले नजिकको कुनै नदि यसको  जलासयमा मिसाउन सकिएमा यहि संरचना प्रयोग गरेर धेरै विधुत उत्पादन गर्न सकिन्छl सो कार्य गर्दा पानि ल्याउने संरचनाको लागि  बाहेक थप खर्च गर्नु नपर्ने हुनाले यो परियोजनाबाट उत्पादन हुने  बिजुली हालको बजार मुल्यमानै बेच्दा पनि लगानीकर्ताले उच्च प्रतिफल पाउन सक्छन l

बुढीगण्डकी   परियोजनाको जलासयलाई पश्चिम बनाएर त्रिशुली नदि उत्तरबाट बिदुर नगरपालिका हुँदै अन्तत बुढिगण्डकी नदि संगै मिसिंछl ने. बि. प्रा. को साबिक त्रिशुली जलविधुत परियोजनाको हेडवर्कलाई प्रयोग गरेर त्यहाबाट २६ km सुरुंग खनी आँखु जलविद्युत परियोजना को tailrace मा पानि निकाल्न सकिन्छ l आँखु खोला बुढिगण्डकी मा नै मिसेने हुँदा यो थपिएको पानिको प्रयोगले परियोजनाबाट कम्तिमा पनि दोब्बर बिजुली उत्पादन गर्न सकिनुको साथै परियोजनाको क्षेमता समेत बढाउन सकिन्छl यो सुरुंग ठुलो र लामो भएको हुनाले Tunnel Boring Machine प्रयोग गरेर सुरुंग निर्माण भएमा गर्दा हाल मेलम्चीमा देखिएको जस्तो जटिलताहरु नभोगी सुरुंग समयमा र बजेटमानै निर्माण हुन सक्नेछl

परियोजनाको जलासयमा त्रिशुली नदिको पानि आखुखोला को tailrace सम्म ल्याउदा निस्कने प्राकृतिक हेड प्रयोग गरेर अर्को  छुट्टै ५० मे.वा बुद्युत निकाल्न सकिन्छ भने बुढिगण्डकी परियोजनाको क्षेमता पनि बढाएर १५०० मे.वा पुर्याउन सकिन्छl  २६ किमी सुरुंग र थप मेसिन/structure निर्माण गर्नको लागि करिब २५ अर्ब थप गर्दा  बिजुली भने  झन्डै ३.35 अर्ब युनिटबाट बढेर ६ अर्ब भन्दा बढी  बढ्नेछ l यति बिजुली  प्रति युनिट ७ रुपैयाको दरले मात्र पनि PPA गर्न सकिएमा ६  वर्ष ८ महिनामानै (ब्याज बाहेक) परियोजनाले आफ्नो खर्च उठाउने देखिन्छ, जुन अन्य run of river परियोजना जस्तै हो l थपिएको बिजुलीले परियोजनालाई  आर्थिक रुपमा बलियो बनाउने हुनाले सरकारले कुनै अनुदान दिनु नपर्ने, न्ने.वि.प्रा. ले यो परियोजना देखाएर बिजुलीको भाउँ बढाउन नपर्ने र उपभोक्ताले ढाड सेकिने गरि बिधुत महसुल तिर्नु नपर्ने , र यो परियोजनाले  जनतालाई शेयर बेच्दा राम्रो प्रतिफल पनि दिन सक्नेछl

अत: हालको स्थितिमा DPRको आधारमा सोझै परियोजना कार्यान्वयन तर्फा अघि बढाउन लाग्दा लगानी जुटाउन व्यवधान हुन सक्ने भएकोले उक्त जलासययुक्त परियोजनालाई आर्थिकरुपमा संभाव्य  बनाई लगानी जुटाउन अपरिहार्य भएकोले माथि उल्लेखित थप विधुत उत्पादन गर्ने Scheme (त्रिशुली+बुढिगण्डकी संयुक्त  प्रोजेक्ट) अगाडी बढाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ l</p.

 भूमिका:

उर्जा संकट समाधानको लागि अपरिहार्य मानिएको गोरखा र Dhadhing जिल्लामा पर्ने  बुढिगण्डकी जलविधुत परियोजना बनाउने हल्ला  सुनिएको पनि ३० वर्ष भन्दा बढी  भै सकेको छ l सुरुमा ६०० मे.वा क्षेमतामा बनाउने भनेर अध्ययन गरिएकोमा हाल बुढीगण्डकी जलविधुत आयोजना विकास समितिले  कन्सल्टेन्ट (Tractebel  Engineering) लाई लगाएर जलासय र जडान क्षेमता दुवै बढाई नयाँ  बिस्तृत परियोजना प्रतिवेदन (Detail Project Report, DPR) बनाएको   छ l यो परियोजना प्रतिवेदन अनुसार परियोजनाले बुढीगण्डकी नदीमा २६३ मी. अग्लो बाँध बनाएर ६३ वर्ग किलोमीटर डुबान क्षेत्र हुने  १२०० मे.वा  क्षेमताको बिधुत गृह निर्माण हुने छ l जलासययुक्त परियोजना  भएकोले आवश्यक भएको बेलामा मात्र यस योजनाबाट बिधुत उत्पादन गर्न सकिने भएकोले यो परियोजना निर्माण भएमा यसले नेपालको हिउँद या बेलुकाको समयमा हुने विधुन उच्च माग पूर्ति गर्न सहयोग पुर्याउने छ l

  • तर यो परियोजना निर्माण गर्न निर्माण अवधि को ब्याज र भ्याट नाजोडीकनै साढे २ अर्ब डलर ( दुइ खर्ब साठी अर्ब ) पर्ने देखिन्छ l यसमा परियोजनाको निर्माण अबधि सम्मको (७/८ बर्ष ) सम्मको ब्याज र कर/भ्याट जोड्दा यो रकम बढेर ३.५ खर्ब भन्दा बढी पुग्न जाने देखिन्छl ३.५ खर्ब भन्दा बढी खर्च गरेर निर्माण गरिने परियोजनाले बर्षमा मात्र ३ अर्ब ३० करोड यूनिट बिजुली उत्पादन हुने हुनाले लगानी उठाउन मात्र पनि महँगो दरमा बिधुत बेच्नु पर्ने आवश्यकता रहन्छl यो परियोजना हालको प्रस्ताब अनुसारनै निर्माण भएमा यो परियोजनाले सामान्य प्रतिफल दिन पनि  यसबाट उत्पादित बिधुतको PPA दर रु १४ प्रति युनिट भन्दा बढी हुनु पर्ने हुनाले  उपभोक्ताले चर्को विधुत महसुल तिर्नुपर्ने हुन सक्छl बिधुत मूल्य सामान्य जनताको पहुचमा ल्याउनको सरकारले  ठुलो रकम अनुदान र सुलभ ऋणको रुपमा दिनुपर्ने हुन्छ जुन गर्न सरकारलाई सजिलो हुने छैनl
  • सरकारले लगानी गरेका अरु धेरै परियोजनामा जस्तै यो परियोजनामा पनि निर्माण ढिलासुस्ती र जटिलता हरु आउन सक्ने हुनाले यसको निर्माण समय र लागत दुवै बढ्न सक्ने हुनाले परियोजनाले सामान्य प्रतिफल दिनको लागि पनि विधुत दर अझ बढी हुनु पर्नेछl
  • हालसम्म पनि परियोजनाको DPR बिज्ञबाट मुल्यांकन (second opinion ) समेत नगराईएको हुनाले  consultant ले प्रस्ताब गरेको प्रस्ताब नै सबैभन्दा उपर्युक्त हो भन्न सक्ने अवस्था नरहेकोले यो dpr को आधारमा सिधै परियोजना निर्माणमा जाँदा विभिन्न जटिलताहरु आउन सक्ने र निर्माण अवधि समेत बढ्न सक्ने हुनाले परियोजना cost अझ बढ्न जाने देखिन्छl लगानीकर्ताले यो परियोजना समयमानै सम्पन्न  भएमा पनि ८ वर्षसम्म निर्माण अवधि र अर्को 5 बर्षभन्दा बढी लगानी उठाउन कुर्नु पर्ने भएकोले गर्दा लगानीकर्तालाई यो परियोजना अहिलेको अवस्थामा आकर्षक हुदैन l
  • धेरै बिज्ञ, राजनीतिज्ञ र अर्थविदले यो परियोजना स्वदेशबाटनै  ( सर्बसाधारण र सँस्थाहरुबाट) पैसा उठाएर बनाउनु पर्ने भन्दै आएका छन l तर यसरी परियोजना निर्माण गर्दा शेयरहोल्डरलाई फाइदा दिनु पर्ने बाध्यता हुन्छl लगानीकर्तालाई लगानी उठाउन २० बर्ष कुर भन्नु पनि न्याय संगत हुन्न l शेयरहोल्डरहरुको अपेक्षा पुरा गर्नको लागि PPA दर उच्च हुन जरुरि छ l